• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, February 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म मान्न, छान्न र प्रचार गर्न पाइन्छ, तर जबर्जस्ति गर्न पाइँदैन – गृहमन्त्री

by Jagadish Pokhrel
May 21, 2018
in News & Events

नेपाली ख्रीष्टियनहरूको हितमा कार्यरत संस्थाहरू नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी हालै देशभरका बिभिन्न चर्चहरूमाथि भएका आक्रमणहरूका बारेमा ध्यानाकर्षण गराएको छ । NCFN अध्यक्ष सूर्य बहादुर तामाङ “हनोक” र NCS अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ “बर्णवास” को संयुक्त नेतृत्वमा गएको टोलीमा NCS उपाध्यक्षहरू कुबेर गुरुङ र चन्द्र श्रेष्ठ, NCS सचिव मुकुन्द शर्मा, NCS केन्द्रिय सदस्यहरू बिपी खनाल र जगदीश पोखरेल तथा NCFN केन्द्रिय कोषाध्यक्ष बिश्वदेव खड्का र NCFN प्रतिनिधि लाजरस तामाङ हुनुहुन्थ्यो ।

दुवै संस्थाका अध्यक्षहरूले हस्ताक्षर गर्नुभएको ध्यानाकर्षण पत्रलाई NCS सचिव मुकुन्द शर्माले पढेर सुनाउनुभएको थियो । यही बैशाख २२ गते बाँकेको नेपालगन्जमा रहेको क्याथोलिक चर्चमाथि आगजनी गरिएको, त्यसैगरी बैशाख २७ गते पाँचथर जिल्लाको हिलीहाङ, बैशाख २८ गते डोटी जिल्लाको बुडर गाउँ र कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा रहेका चर्च भवनहरूमा रातको समयमा प्रायः एकै प्रकारले आगजनी गरिएको र बैशाख २९ गते कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित तारानगरमा रहेको चर्च भवनमा प्रेसरकुकर बम बिस्फोट गराइएको लगायत विषयलाई ध्यानाकर्षण पत्रमा समेटिएको थियो ।

NCFN अध्यक्ष तामाङले राज्यले ख्रीष्टियनहरूमाथि कुनै प्रकारको विभेद गर्न नहुनेतर्फ ध्यान दिन गृहमन्त्रीलाई आग्रह गर्नुभयो । यसका साथै NCS उपाध्यक्ष कुबेर गुरुङले तेह्रथुममा थुनामा परेर मुद्दा खेप्दै गरेका ख्रीष्टियनहरू निर्दोष भएको भन्दै उनीहरूमाथि राज्यले न्याय गर्नुपर्ने माग राख्नुभयो । उहाँले ख्रीष्टियनहरूले जे गरे पनि जबर्जस्ति धर्मप्रचार गरेको भनेर चित्रण गर्न नहुनेतर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अन्तमा, ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री थापाले धर्मनिरपेक्ष राज्यले कुनै पनि धर्मलाई काखा र पाखा नगर्ने बताउनुभयो । उहाँले बिराटनगर गोलीकाण्डका बारेमा उल्लेख गर्दै यदि राज्य ख्रीष्टियनहरूको विरुद्धमा भएको भए गोली लागेको भोलिपल्टै थुप्रै ख्रीष्टियन धर्मावलम्बीहरूलाई पक्राउ गरेर दु:ख दिन सक्ने भन्दै आफूहरूले त्यसो नगरेर राज्य न्याय र सत्यको पक्षमा रहेको प्रमाणित गरेको बताउनुभयो । बिराटनगर घटनालाई सरकारले सुक्ष्म अध्ययन गरेको र देशमा सामाजिक सद्भाव भाँड्नका निम्ति भएका प्रयासहरूलाई सरकारले राम्ररी चिनेको थापाले बताउनुभयो । उहाँले सरकार त्यस्ता प्रयासहरूलाई चिर्न सक्षम रहेको पनि स्मरण गराउनुभयो ।

यसका साथै उहाँले जबर्जस्ति वा प्रलोभनमा पारिएको बाहेक अरू अवस्थामा सबैका सबै धार्मिक क्रियाकलापहरू सरकार र कानुनको नजरमा जायज भएको बताउनुभयो । उहाँले नेपाल सरकारले चर्चमाथि आक्रमण भएका घटनाहरूको छानबिन गर्दै दोषीउपर कारबाही गर्ने तथा आउने दिनमा यस्ता घटना घट्न नदिनेतर्फ सरकार सचेत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।   

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In