• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मिशन स्कूलमा दीक्षान्त समारोह

by NC Reporter
May 26, 2013
in News & Events

News report by:Gideon Lamichane and Tara Lamgade

Mission School

धरान/ मिशन स्कूल अफ थियोलोजीले संचालन गरेको बेशिक बिब्लीकल थियोलोजी कोर्षको पहिलो समूहको दीक्षान्त समारोह शुक्रबार धरानमा सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ । स्कूलमा दीक्षान्त समारोहको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरिएको हो ।

स्कूलका प्रिन्सिपल गिदोन लामिछानेको सभापतित्वमा पूर्व नेपालका ख्रिष्टियन हस्ती प्रेरित डिआर थुलुङको मुख्य आतिथ्यतामा सियोन मेथोडिष्ट चर्चका पाष्टर खड्गबहादुर थापा मगरले गन्ती १३:२ अध्यायबाट “ख्रिष्टियन जीवनमा विश्वास”का विषयबाट प्रवचन दिनु भएको थियो । गत ०६९ साल फागुन १५ गते शुरु भएको पहिलो समूहको सो कोर्ष ३ महिनासम्म सञ्चालन भएको थियो । कोर्षमा ख्रिष्टियन संस्कार, बाइबल अध्ययन तरिका र अर्थ खोलाईका नियमहरु, नयाँ तथा पूरानो नियमको सर्वेक्षण, बाइबलीय सिद्धान्त, सुसमचार प्रचार र चेलापनको विकास, बचन प्रचार र आत्मीकि जीवन, मण्डली प्रशासन र विश्वासीहरुको कर्तव्य, बाइबल यात्रा र मण्डली इतिहास गरी जम्मा ९ वटा विषयमा अध्ययन अध्यापन सम्पन्न भएको छ । बिहान ६ बजे देखि ८ बजेसम्म कक्षा सञ्चालन भएको थियो ।

कार्यक्रममा जम्मा ९ जना विद्यार्थी दीक्षान्तीत भएका छन् । दीक्षान्तीत हुनेहरुमा चर्च अफ गड धरानका एल्डर शिमशोन राई, जैतुन बप्तिस चर्चका शर्मिष्ठा थापा, होसन्ना बप्तिस चर्चका शेरुकुमार राई, रामकुमार श्रेष्ठ, उच्च जागृती मण्डलीका रितु राई, एरिका दर्नाल, धरान पवित्र चर्चका प्रतिभा यादव, युनाइटेड मेथोडिष्ट चर्चका सन्तोष बि.क. र आराधना बप्तिस चर्चका अनिता राई रहनु भएको थियो ।

स्कूलका शिक्षक कमल   गिरीको संचालनमा भएको सो समारोहमा राजेन्द्र दर्नालले स्वागत मन्तव्य राख्नुभएको थियो भने शुरुको प्रार्थना पा. नरहरी राईले गर्नुभएको थियो।
समारोहमा कक्षामा प्रथम भएकी एरिका दर्नाल, द्वितीय हुने अनिता राई, तृतीय हुने प्रतिभा यादव र अनुशाषित विधामा शर्मिष्ठा थापालाई पुरस्कृत गरिएको थियो भने सबै सफलतापूर्वक कोर्ष पूरा गर्ने विद्यार्थी सबैलाई प्रमाण पत्र तथा मार्कसिट वितरण प्रिन्सिपल लामिछानेले गर्नुभएको थियो ।

सोही समारोहमा शिक्षकहरु राजकुमार राई, नवराज बस्नेत, कमल गिरी, खड्गबहादुर थापा मगर र महेन्द्र थापा क्षेत्रीलाई पनि प्रशंसा पत्र मुख्य अथिति प्रेरित डिआर थुलुङको बाहुलीबाट प्रदान गरिएको थियो । सोही अबसरमा नेपाली ख्रिष्टियन इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रेरित थुलुङलाई होसन्ना बप्तिस चर्चका पाष्टर महेन्द्रजंग साम्पाङ्को बाहुलीबाट मुख्य अतिथि थुलुङलाई प्रदान गरिएको थियो ।   समारोहका मुख्य अतिथि ८५ बर्षीया थुलुङले मादलको बजाउादै मिठो भजन गाउनु भएको थियो ।

समारोहमा शिक्षकहरुको तर्फबाट एल्डर राजकुमार राईले आशिष बाड्नु भएको थियो । उहााले सम्बोधन गर्नेक्रममा मिशन स्कूल सम्पूर्ण नेपाली ख्रिष्टियनहरुको स्कूल भएकोले सबैले निस्वार्थ रुपमा सहयोग गर्नुपर्ने बताउनु भयो । यसैबीच दीक्षान्तीत विद्यार्थीहरुको तर्फबाट शर्मिष्ठा थापा, शिमशोन राई र एरिका दर्नालले आ–आफ्ना आशिष बाड्नु भएको थियो । उहाँहरुले आफुहरुले बाइबल र ख्रिष्ट येशुको विषयमा नजिक भएर बुझ्न पाएकोमा    आभारी भएको भन्दै भविष्यमा समेत स्कूलप्रति जिम्मेवारीपूर्वक प्रार्थना गर्ने बताउनु भयो ।

आमसञ्चार क्लब धरानको हलमा सम्पन्न भएको कार्यक्रममा धरान पवित्र चर्चका विशप ज्योती थुलुङ, हिसप चर्च धरानका पाष्टर मनिकुमार राई, एलोहिम चर्चका पाष्टर मनि गुरुङ, बेथेल चर्चका पाष्टर टिएच जाङ्गा, धरान ब्रदरेन एसम्बली चर्चका पाष्टर श्या जि जोन, अनुग्रह मण्डलीका एल्डर विष्णु खवास, प्रतिज्ञा चर्चका पाष्टर विकास ताम्राकार, युनाइटेड मेथोडिष्ट चर्चका पाष्टर जोगेन्द्र बि.क . एवं पा. जीवन बि.क. सालोम चर्चका अगुवा रोशन लामगादे लगायत ६० जना भन्दा बढी अगुवा पाष्टर साथै विश्वासीहरुको उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कक्षा असार १ गतेबाट सञ्चालन हुने मिशन स्कुल अफ थियोलोजीले जानकारी दिएको छ । जसका लागि जेष्ठ २५ गतेसम्म फारम भरीसक्नु पर्ने प्रिन्सिपल लामिछानेले जानकारी गराउनु भएको छ । अहिले स्कूलको रुपमा सञ्चालन भएपनि भविष्यमा कलेज बनाउनु पर्ने सहभागीहरुको माग रहेको थियो ।

स्मरणीय छ, ख्रिष्टियन स्कूल तथा कलेजहरुमा डोनरहरुबाट मात्रै सञ्चालित हुन्छन् भन्ने मान्यतालाई यस स्कूलले गलत सावित गरिदिएको छ । स्वस्फूर्त रुपमा सञ्चालन भएको उक्त स्कूल नेपाली ख्रिष्टियन इतिहासमा नै ऐतिहासिक कदम चालेको छ भने  सफलतापूर्वक पहिलो ब्याज लाई बिदाई गरेको छ । त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यावाद तथा परमेश्वरलाई महिमा हुने प्रिन्सिपल गिदोन लामिछानेले बताउनु भएको छ । दीक्षान्त शुरुदेखि प्रार्थना गरी आर्थिक, भौतिक सहायता गर्ने सबैलाई परमेश्वरले प्रशस्त आशिष दिनुहुने भन्दै प्रेरित थुलुङले आशिषको प्रार्थना गर्नुभएको थियो ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In