तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्वरको वचन सुन्छन्, र त्यो पालन गर्छन्।”
लूका ८:२१
साधारणतया जस्तोसुकै काम गरीरहेको भए पनि आफ्नो सन्तान आमा बुबा वा भाइबहिनीहरू आएर केही सोध्दा, समय दिने प्रचलन नेपाली संस्कारमा छ। सायद अरू संस्कारमा पनि यस्तै हुन सक्छ। परमेश्वरका वचन सुनेर पालन गर्नेहरू मात्र व्यक्तिगत रूपमा येशूसँग सम्बन्धित छन् र तिनीहरू परमेश्वरका परिवारका सदस्यहरू हुन्। परमेश्वरको आत्मिक परिवारमा आज्ञा पालन विनाको विश्वावसलाई कुनै स्थान छैन्।
जब येशूले आफ्नो परिवार आइपुगेको थाहा पाउनुभयो, तब उहाँले सोध्नुभयो, ‘‘मेरी आमा र मेरा भाइहरू को हुन् ?’’ यो भनाइमा उहाँको उद्देश्यचाहिँ आफ्नो परिवारलाई अनादर वा घृणा गर्नु थिएन । उहाँ यति मात्र सिकाउन खोज्दै हुनुहुन्थ्यो कि हाम्रो शारीरिक परिवार एकदम महत्त्वपूर्ण भए तापनि हाम्रो आत्मिक परिवार त झन् महत्त्वपूर्ण हुन्छ । ख्रीष्टमा विश्वास गर्ने र परमेश्वरको इच्छा पालन गर्ने जति सबै एउटै आत्मिक परिवार बन्दछन् । तिनीहरू पिता परमेश्वरका छोरा छोरीहरू, र ख्रीष्ट र एक–अर्काका भाइबहिनीहरू हुन् । यो परिवार अनन्तसम्म रहनेछ । विश्वास नगर्ने हाम्रो शारीरिक परिवारको भन्दा हामी आफ्ना विश्वास गर्ने आत्मिक भाइबहिनीहरूका नजीकै हुनुपर्दछ । आफ्ना बुबा, आमा र भाइबहिनीहरूलाई भन्दा हामीले ख्रीष्टलाई माथि राख्नुपर्छ।
शारीरिक नाता संसारमा रहुन्जेल मात्रै हुन्छ। अर्थात हामी जीवित हुँदा मात्रै हुन्छ। परमेश्वरसँगको सम्बन्ध अनन्तसम्म रहन्छ। शारीरिक वा पारिवारिक नाताले परमेश्वरसँगको सम्बन्ध नबिग्रियोस भन्ने हो। जब परमेश्वरसँगसको नाता प्रगाढ रहन्छ, शारीरिक नातामा प्रेम र सम्बन्ध झनै बलियो हुन्छ। अरूहरूलाई पनि परमेश्वरसँग नाता गास्न सफल बनाउँदछ।
हाम्रो समाजमा सबैभन्दा नजिक आफ्नो परिवार, नातेदारहरू हुन्छन् नै। अनि छिमेकी, टोल, जिल्ला गर्दै जाती भाषा क्षेत्रले मानिसको एकअर्काप्रतिको सम्बन्धमा नजिक बनाउँछ। कुनै पनि कार्य गर्दा पहिलो प्रार्थामिकता दिइन्छ। येशूले आफ्ना आमाबुबा भन्दा पहिलो स्थान परमेश्वर पितालाई दिनुभयो, त्यसै गरी सेवाका क्षेत्रहरूमा भएकाहरूले पहिलो स्थान र प्रार्थामिकता परमेश्वरलाई दिनुपर्छ। यदि हामी परमेश्वरका परिवारका सदस्यहरू हौ भने, भाषा, रूपरङग, संस्कार, परम्परा फरक भएपनि येशू ख्रीष्टको नाउँमा विश्वास गरेको कारण पृथ्वीका सबै मानिस एउटै परिवारका सदस्य भएका छौं। अब स्वदेशी, विदेशी, कमारा मालिक, हाकिम कर्मचारी, पुरूष महिला, शिक्षा, जाती, भाषा, देश, धनी गरीब कुनै पनि कुराले मानिसलाई बिभाजन गर्न सक्दैन। सबै एउटै परेमेश्वरका परिवारका सदस्यहरू हौं।
Discussion about this post