१४ काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्। लूका ८:१४
चर्च जाँदैमा सबै कुराबाट मुक्त हुन सकिदैन। येशू ख्रीष्टसँगको व्यक्तिगत सम्बन्ध कस्तो छ त्यसमा भर पर्छ। चर्चमा आउनेहरू पनि विस्तारै चर्च जान मन नलाग्ने हुनुलाई अस्वभाविक मान्नु पर्दैन। बढ्दो आधुनिकिकरण र महंगीले मानिसका आवश्यकताहरूमा सन्तुष्टि प्राप्त गर्न नसकिएको अवस्था छ। मानिस शरीरमा बाँचुन्जेल भौतिक र शारिरीक कुराको आवश्यक्ता दिनानुदिन बढ्दै गएका छन्। मलाई अब सबै कुरा पुग्यो भन्ने मानिस संसारमा पाउन सायद गाह्रो पर्ला। आँखाले देखेका वस्तुहरू मानिसको निम्ति आवश्यकता बन्दै गएका छन्। प्राप्तिको लागि मानिस लागि परेको छ। मान सम्मान, ओहोदा, पैसा, सुविधायुक्त जीवनशैली र आफ्नो काम देखाइ उच्च ठान्नेहरूको जमातले येशू ख्रीष्टसँगको सम्बन्धलाई कमजोर बनाएको छ। अर्को शब्दमा भन्ने हो भने, येशू ख्रीष्ट त आश्थाको लागि मात्रै त हो नि जीवनशैली जस्तोसुकै भएपनि केही फरक पर्दैन भन्नेहरू पनि छन्।
मानिसले कुनै धर्ममा वा ईश्वरमा आश्था राख्दिन वा विश्वास गर्दिन भने पनि, मानिस आय आर्जन गर्न, सुखी जीवन जिउन सँधै, सबैको अगाडि मानसम्मान पाउने कुरामा भने आशाबादी छन्।
जीवनलाई कसरी सही मार्गमा डोर्याएर खाँचोहरूमा सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने कुरा येशू ख्रीष्टसँग व्यक्तिगतरुपमा घनिष्ट सम्बन्ध हुन आवश्यक छ। ताकि अरूहरूले पनि अनुसरन गर्न सकून्।
हामी येशूमा विश्वास गर्नेहरू पनि सांसारिक जिम्मेवारीहरू, प्रशस्तता वा सुखले हाम्रो आत्मिक जीवन नै नाश हुनेगरी हाम्रा विचारहरूलाई दासत्वमा नपारेको होस भनी होशियार रहनुपर्दछ। यस्ता किसिमका काँढाहरू अथवा सामाहरूले हाम्रो जीवनमा परमेश्वरको वचनलाई बढ्नदेखि वा बुझ्नको निम्ति विस्तारै रोकेको हुन्छ। वचन पढेपनि अरूलाई प्रचार गरे पनि वचन जीवनमा सक्रिय हुनसक्दैन। किनकि क्षणिक वस्तुहरू प्राप्त गर्नको लागि मानिसको विचार क्रियाशील हुन्छ। वचनलाई जीवनमा क्रियाशील हुन दिनलाई जीवनका चिन्ता, धन, सुख विलाशीता, महान बन्ने प्रतिस्पर्धालाई निर्मूल पार्नुपर्छ।
९ तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दु:खदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। १ तिमोथी ६:९
यसकारण पावलले बताउँछन्, “माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।“ कलस्सी ३:२
Discussion about this post