सामाजिक संजालमा पछिल्लो समय फैलाइएको मंगोल नेसनल अर्गनाइजेसन (मंगोल आर्मी) नामको विज्ञप्ति नेपाली ख्रीष्टियनहरूलाई फसाउने उद्देश्यका साथ् बाहिर ल्याइएको पत्ता लागेको छ ।
भ्रमको खेती गरी ख्रीष्टियन समुदायलाई गलत सावित गर्ने र आफ्नो मिसन पूरा गर्ने नियतका साथ् प्रस्तुत गरिएको यो विज्ञप्तिप्रति नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले गम्भिर असहमति प्रकट गर्नुभएको छ ।
पौडेलले नेपाली ख्रीष्टियन समुदायले कहिल्यै माग नगरेका र यहाँसम्म कि कल्पनासम्म पनि नगरेका कुराहरू राखेर अनर्गल प्रचार गरिएकोमा आपत्ति प्रकट गर्नुभएको हो । उहाँले यसप्रकारका अनर्गल प्रचारको पछि नलाग्न सबैलाई अनुरोध गर्नुभएको छ ।
Discussion about this post