
काठमाडौं- फागुन २९, नेपालको राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित हुनुभएको छ। निर्वाचनमा ३९हजार २सय ७५ मत प्राप्त गर्नुभएको छ। काँग्रैसबाट राष्ट्पति पदको लागि उम्मेद्वारी दिनुभएको लक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभएको छ। विद्यादेवी भण्डारीलाई संसदको सबैभन्दा ठुलो दल नेकपा एमालेले उम्मेद्वार बनाएको थियो। संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन हुनुभएको थियो।
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष लिनु भएको छ। राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो ।
Discussion about this post