
काठमाडौं- बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। जहाज दुर्घटनमा ४० जनाको मृत्यु भएको छ। अवतरणका क्रममा दुर्घटनामा परेको जहाजमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । अन्य घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गरिदैछ। दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली घटनास्थल पुगेका छन् । प्रधानमन्त्री ओलीले प्रभावकारी उद्धारमा खट्न सुरक्षा निकाय लगायत सबैलाई आग्रह गरेका छन् ।
घटना लगत्तै गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री मात्रिका यादव पनि विमानसथल पुगेर घटनाबारे जानकारी लिएका छन् । दुर्घटना उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विमानस्थल सुरक्षामा खटिएका सुरक्षा कर्मी र मिानस्थल कर्मचारी उद्धारमा खटिएका छन् ।
दिउसो २:२० बजे भएको दुर्घटनाको कारणले सबै जहाजहरू स्थगित गरिएका छन्।
Discussion about this post