काठमाडौं, फागुन १९, २०७४। विश्वव्यापी रुपमा स्वीकार गरिदै आएको एउटा सत्य घटना येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिन अथवा आइतबारका दिन चिहानबाट जीवित हुनुभएको हो । जसलाई इष्टर सन्डे अर्थात येशू ख्रीष्टको पुनरूत्थान महोत्सव भनेर मनाउने गरिन्छ । येशू ख्रीष्टमा विश्वास गर्नेहरुले येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभएको घटनालाई संसारभरी सबै मानिसहरूलाई सुनाउने काम गर्दछन्। येशूमा विश्वास गर्नेहरुले उद्धार, मुक्ति र अनन्त जीवन पाउने कुरा विश्वमा रहेका विभिन्न भाषा, जाति क्षेत्रका चर्चहरुले प्रचारप्रसार गर्दै आएकाछन् । जसरी ख्रीष्ट येशू पुनरुत्थान हुनुभयो र जीवितै स्वर्ग उचालिनुभयो त्यसैगरी येशू ख्रीष्ट फेरी यस संसारमा आउँदै हुनुहुन्छ भन्ने बाइबलको सन्देश छ । यही शुभअवसरमा काठमाडौं उपत्यकाका चर्चहरूको आयोजनामा सुसमाचार तथा इष्टर महोत्सव २०७४ जावलाखेल सेन्ट जेभियर्स मैदानमा भव्यरुपमा मनाउने कार्यक्रम रहेको छ । सोही अवसरमा राजधानीमा भएका चर्चका छिमेकीहरूलाई हार्दिक निमन्त्रणा छ ।
Discussion about this post