
काठमाडौं-फागुन ४, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा २०७४ साल फागुन ३ गते विहीबार नियुक्त गर्नुभएको छ। नेकपा माओवादी केन्द्रको समर्थनमा बहुमतको दाबी पेश गरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । बहुमतका लागि १३८ सांसद हुनुपर्ने हुन्छ। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेबाट १२१ र माओवादी केन्द्रबाट ५३ गरी १६४ सांसदहरु छन् ।
Discussion about this post