२०७४ असोज ८ गते रामघाट चर्चमा पोखरेली ख्रीष्टिय समुदायको २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । रजत वर्ष पूरा गरेको अवसरमा स्मारिका पनि प्रकाशन गरिएको छ । प्रमुख अतिथि क्वाइनोनिया पाटन चर्चबाट रेभ. प्रकाश सुब्बाले स्मारिका विमोचन गरेका थिए । स्मारिकाको परिचय कार्यक्रम संयोजक पास्टर हरि राम घिमिरे र सम्पादक मण्डल सदस्य प्रमोद मुल्मीले दिएका थिए । कार्यक्रममा पास्टर अतन लामा र गुरुआमा सोनी मसिहलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने समुदायका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । शुभकामना गीत गायिका सलोमी तिमोथीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा एनजिओसीका निर्देशक रेभ. रेशमराज पौडेल, आईएनएफका कार्यकारी निर्देशक डा. गंगादत्त (प्रेम) सुवेदी, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारी, रामघाट चर्चका एल्डर डा. दीपेन्द्र गौतम, नयाँगाउँ चर्चका पा. ग्रीष्म पराजुली लगायत समुदायका ४३ चर्चका अगुवाहरुको उपस्थिति थियो ।
Discussion about this post