
ललितपुर, भदौ ६, नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनमा अध्यक्ष पदमा गोविन्द आचार्य विजयी हुनुभएको छ। नेपाल पत्रकार महासंघको समाचार अनुसार, आचार्यले ७३२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने, प्रतिद्वन्दी तीर्थ कोइरालाले ६२७ मत मात्रै पाउनुभएको छ। यस्तै अर्का उम्मेद्वार उजीर मगरले ५४, इन्द्रबहादुर रावतले २० र भावना विद्रोहीले ६ म प्राप्त गर्नुभएको छ। महाधिवेशनमा जम्मा १४३९ मत खसेको थियो।
कांग्रेस निकट प्रेस युनियन सहित साना दलका संगठनको समर्थनमा आचार्य निर्वाचित हुनुभएको हो। एकपटक पत्रकार महासंघको उपाध्यक्ष पद पनि सम्हालि सक्नुभएको छ। आचार्यका प्रतिद्वन्द्वी कोइरालाले प्रेस चौतारीबाट उम्मेद्वारी दिनुभएको थियो।
यसैगरी उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दीलिप थापामगर, महासचिवमा रमेश विष्ट, खुला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजातितर्फका सचिवमा उदय जीएम, मधेशी तर्फ सचिवमा शितलप्रसाद महतो, दलीत सचिवतर्फ रेमबहादुर विश्वकर्मा, एसोसियटतर्फ प्रकाश थापा विजयी हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा राजेश मिश्र, लेखासमिति संयोजकमा रोशन पुरी, लेखासमिति सदस्यहरूमा खुलातर्फ भुपेन्द्र आचार्य र महिलातर्फ मीरा राजभण्डारी, दलित तर्फ गोपाल बराइली, सुर्य विक, आदिवासी जनजाती तर्फ राजेश चाम्लिीङ राई, मधेश तर्फ अबधेश झा, सुरेशकुमार यादब, अपांगता तर्फ माधव चम्लागाँई, अल्पसंख्यक तर्फ मोहमद इजहारुल हक मिकरानी विजयी हुनुभएको छ। काठमाडौं उपत्यकाबाट केन्द्रीय सदस्यमा लेखनाथ न्यौपाने र गोविन्द चौलागाँई विजयी हुनुभएको छ । यसैगरी, महिला सदस्यमा सिर्जना अर्याल, जानुका बराल र श्वेता सिन्हा विजयी हुनुभएको छ ।
प्रदेशबाट निर्वाचित भएकाहरुको सूची
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
श्याम भट्ट (प्रेस सेन्टर) र उत्तर विष्ट (प्रेस चौतारी) को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)
Discussion about this post