
पोखरा, श्रावण ३१, चिकित्सा शिक्षा क्षेत्र र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आउनुभएका डा गोविन्द केसीले २३ दिनमा आमरण अनसन स्थगित गर्नुभएको छ। ११ औं पटक आमरण अनसन बस्दा समेत सरकारसँग कुनैपनि सहमति भने भएको छैन। तीनदिनसम्म लगातार परेको वर्षाको कारण आएको बाढीपहिरोले देशमा भएको विपद्लाई ध्यान दिएर आमरण अनसन स्थगित गरेको बताइएको छ।
पटक-पटक गरी एघारौं पटकसम्म आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य सोमवारदेखि निकै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका थिए। एघारौ पटक अनशन बस्दा सर्वसाधारणहरूले पनि डा केसीको पक्षमा उत्रेका थिए। डा केसी जनताको सेवाको लागि सँधै दिलो ज्यान दिने गर्छन्। उनका मागहरू पनि जनताको पक्षमा देखिन्छन्।
Discussion about this post