
काठमाडौं, श्रावण ८, राष्ट्रिय ख्रीष्टिय महासंघ नेपालले आइतबार पत्रकार सम्मेलन गरी गत वैशाख ३ गते कार्यालय सचिव सन्तोष खड्कामाथि भएको गोली प्रहार र अजम्सन चर्चमा भएको आगजनिको छानविन गर्न माग गरेको छ। भृकुटीमण्डप रिपोर्ट्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा महासंघका उपमहासचिव तथा प्रवक्ता सागर बैजुले प्रेस बिज्ञप्ती प्रस्तुत गर्नुभएको थियो। महासंघका अध्यक्ष सि वि गहतराजले सरकारसँग भएका ३ बुँदे र ६ बुँदे सहमति कार्यन्वयनको लागि ध्यानाकर्षण गराउनुभएको थियो। सरकारले ख्रीष्टियनहरूका न्यूनतम माग पूरा गर्नुपर्छ भन्दै मृत्यु संस्कारको लागि ख्रीष्टियन समूदायलाई चिहानको व्यवस्था गर्न महासंघले माग राखेको छ। ख्रीष्टियन संघ संस्थाहरूलाई नविकरण गर्न गाह्रो भएको कुराप्रति पनि अध्यक्ष गहतराजले ध्यानकर्षण गराउनुभएको थियो।
Discussion about this post