७ आषाढ, विराटनगर
इसाई नारी समाजको आयोजनामा बाल संरक्षण तथा उनीहरुको मानसीक भावना सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ । विराटनगरको वि.आई.सी. मण्डलीमा आयोजित उक्त कार्यक्रममा वरपर रहेका विभिन्न मण्डलीहरुबाट २२ जना आमा तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
पा. पुष्पा गौतमको प्रार्थनाबाट शुरु भएको उक्त कार्यक्रमलाई इसाई नारी समाजको सचिव श्रीमती अनिता सुब्बाले संचालन गर्नुभएको थियो भने कार्यक्रमको औचित्य बारेमा काउडेक (CAWDEC), च्यानल अफ होप परियोजनाका फिल्ड सुपरभाइजर विवेक लामाले प्रकाश पार्नुभएको थियो भने वल्र्ड भिजन नेपालको तर्फबाट सोही परियोजनाका कार्यक्रम संयोजक शुशील श्रेष्ठले बालबालिकाको भावानात्मक स्वास्थ्यको बारेमा कक्षा लिनुभएको थियो भने पुनः विवेक लामाले बाल अधिकार, UNCRC को इतिहास र कानुनी व्यवस्थाकोे बारेमा कक्षा लिनुभएको थियो ।
सोहि कार्यक्रमा इसाई नारी समाजको निवर्तमान अध्यक्ष्य श्रीमती शान्ता याक्थुम्बाको बाहुलीबाट सहजकर्ताद्धय शुशील श्रेष्ठ र विवेक लामालाई इसाई नारी समाजलको तर्फबाट सम्मान पत्र पनि हस्तान्तरण गरेको थियो ।
अन्तमा कार्यक्रम आयोजक, इसाई नारी समाजको वर्तमान अध्यक्ष्य श्रीमती जमुना खड्काले कार्यक्रम पुर्ण रुपमा सफल भएको जानकारी दिनुभएको थियो ।
Discussion about this post