हालै गठन भएको ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समितिलाई ख्रीष्टियान महासंघ नेपालले एक कार्यक्रमको दौरान बधाई दिएको छ । राष्ट्रको निम्ति प्रार्थना गर्नका निम्ति बेथ्सालोम पुतलीसडक चर्चमा चैत्र १४ गते आयोजित कार्यक्रममा महासंघले सोसाइटिका पदाधिकारीहरूलाई खादा र कदर-पत्रका साथ् समान गरेको हो ।
देशभरका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्ने र एकतामा रहेर साझा आवश्यकताहरूको सवालमा मिलेर काम गर्ने उद्देश्यले हालसालै काठमाडौंमा ख्रीष्टियान मिडिया सोसाइटी गठन भएको हो ।
Discussion about this post