यस वर्षको ख्रीष्टमस हामी सबैले भव्यताका साथ् मनायौं । देशभरका हजारौं चर्चहरूमा लाखौँ मानिसहरू भेला भए, येशू जन्मको घोषणा गरे ।
निकै अन्योलको विषय बनेको ख्रीष्टमसको सार्वजानिक विदा पनि अन्तिम समयमा आएर कायम भयो । विदाप्राप्तिका लागि आफुले सक्ने जति मिहिनेत सबैले गरे । झन्डै झन्डै आशा मारिसकेको अवस्थामा सरकारले निकै ढिलो गरेर “सर्प पनि मर्ने, लौरो पनि नभाँचिने” शैलीको सार्वजानिक विदा घोषणा गर्यो । जे होस्, विदा गर्यो, त्यसको निम्ति नेपाल सरकारप्रति हामी धन्यवादी हुनैपर्छ ।
सबैले मिहिनेत गरेको, प्रार्थना गरेको कामलाई कसैले पनि “मैले गरेको” भनेर नभनोस् । हामी सबैले प्रयास गर्यौं, प्रार्थना गर्यौं, परमेश्वरले हाम्रो चित्कार सुन्नुभयो र जवाफ दिनुभयो ।
मैले गर्दा विदा भएको हो भनेर कसैले भन्छ भने कृपया उनीहरूसँग जवाफ माग्नुहोस्, किन उनीहरूले २४ तारिख निकै ढिलो गरेर विदा ल्याए ? किन घटीमा ३-४ दिनअघि ल्याएनन् ? यसको जवाफ कससँग होला?
नेपाली ख्रीष्टियान समुदाय सांगठनिक रूपले एक हुनुको कुनै विकल्प छँदै छैन । हामी मिल्यौं भने मात्र हाम्रा मागहरू सुनिनेछन् । सबैलाई याद होस्, एक माघले जाडो जाँदैन । ख्रीष्टमसको शुभकामना !
Discussion about this post