• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमसको विदा फिर्ता – नेपाल सरकारलाई नेपाल ख्रीष्टियान समाजले दियो धन्यवाद

by Jagadish Pokhrel
December 24, 2016
in News & Events

धन्यवाद विज्ञप्ति

लोकतान्त्रिक देश भनेर संसारले चिनेको नेपालमा ४ सय वर्षभन्दा लामो इतिहास बोकेको ख्रीष्टियान समुदायले बेलाबखतमा अनेक उतारचढाव भोग्दै आएको छ । आफुमाथिका तिरस्कार र अबहेलानालाई बेवास्ता गर्दै समृद्ध र सुसंस्कृत समाज निर्माणका निम्ति अनवरत रूपमा नेपाली ख्रीष्टियानहरू खट्दै आएको कुरा घामजत्तिकै छर्लंग छ ।

राष्ट्रनिर्माणको लागि पसिना बगाएको समुदायलाई राज्यले सम्मान गर्नुपर्नेमा उल्टै विगत १० वर्षदेखि ख्रीष्टियान समुदायको उत्सव ख्रीष्टमसमा दिने गरिएको सार्वजानिक विदा अघिल्लो सरकारले खोस्ने निर्णय गरेको थियो । निसन्देह, त्यो एउटा अदुरदर्शी र अपरिपक्व निर्णय थियो ।

ख्रीष्टमसको सार्वजानिक विदा फिर्ता हुनुपर्छ भनेर नेपाल ख्रीष्टियान समाजका साथै अन्य ख्रीष्टियान संघसंगठनहरूले निरन्तर पहल गरेका थिए ।

यो कुरा भन्दै गर्दा नेपाल ख्रीष्टियान समाज निकै हर्षित छ कि सम्पूर्ण मण्डलीहरूको प्रार्थनाको चित्कार स्वर्गका परमेश्वरले सुनेर जवाफ दिनुभएको छ । हामी हाम्रा परमेश्वरलाई यो उदेकको कामको निम्ति धन्यवाद चढाउँदछौं । नेपाल सरकार गृह मन्त्रालयले ख्रीष्टमसको दिन (डिसेम्बर २५) मा सार्वजानिक विदा दिने निर्णय गरेको छ । यसरी नेपालका ख्रीष्टियानहरूले आफु एउटा लोकतान्त्रिक राष्ट्रको नागरिक भएको अनुभव गर्न पाएका छन् ।

अघिल्लो सरकारले खोसेको ख्रीष्टमसको सार्वजानिक विदा फिर्ता गरेर लाखौँ जनताहरूको आस्थाको सम्मान गरेका निम्ति नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, माननीय गृहमन्त्री बिमलेन्द्र निधि र सम्बन्धित सबैलाई नेपाल ख्रीष्टियान समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै विदा प्राप्तिको पछिल्ला अभियानहरूमा हामीलाई साथ् दिनुहुने बिभिन्न राजनीतिकर्मीहरू, मानवअधिकारकर्मीहरू, संचारकर्मीहरू अनि प्रार्थनामा निरन्तर उचाल्नुहुने सम्पूर्ण मण्डलीहरू र ख्रीष्टियान संघसंगठनहरूलाई पनि नेपाल ख्रीष्टियान समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस् ।

नेपाल ख्रीष्टियान समाज, केन्द्रिय समिति

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In