मंसिर १७,ललितपुर । ख्रीष्टिय भजन म्यूजिक टिमले नजिकिदै गरेकाे ख्रीष्टमसकाे पुर्वसन्ध्यामा पूर्व-ख्रीष्टमस महोत्सवको अायाेजना गरेकाे छ । डिसेम्बर १०मा काठमाडाैं स्थित नेपाल इसाई मण्डली र ११मा ललितपुर स्थित विश्राम मण्डलीमा हुन लागेकाे पूर्व-ख्रीष्टमस महोत्सवमा काठमाडाैं उपत्यकामा भएका विभिन्न मण्डलीहरूकाे एक सय तिस सदस्यीय संगीत झुण्डले उक्त कार्यक्रममा विशेष प्रस्तुति दिने तयारी भएकाे छ ।
साे म्यूजिक टिमले नेपाली इसाई समुदायकाे निम्ति एकदमै नाैलाे रहेकाे Four Parts अन्तर्गत अाफ्नाे बेजाेड प्रस्तुति दिनेछन।
क्यारल कार्यक्रम डिसेम्बर १० मा अपरान्ह ३:३० देखि ५:०० बजे सम्म नेपाली इसाई मण्डली, ज्ञानेश्वरमा र डिसेम्बर ११ मा अपरान्ह ३:३० देखि ५:०० बजे सम्म विश्राम मण्डली,ललितपूरमा हुने अायाेजकले जानकारी दिँदै उपत्यकामा रहेका सबै मण्डली परिवारलाई पत्राचार गर्दै अाफुलाई पाएक पर्ने स्थानहरूमा कार्यक्रममा उपस्थित भइदिन सबैमा अाग्रह गरेकाे छ ।
“तपाईंकाे न्यानाे उपस्थितिले याे उत्सवकाे सम्मान हुनेछ ।”
-पत्रमा लेखिएकाे छ ।
काठमाडाैं र ललितपुरका मण्डलीहरूका लागि गरिएकाे अनुराेध पत्रः
मितिः डिसेम्बर १०, २०१६
समयः ३:३० देखि ५:०० बजे सम्म
स्थानः नेपाल इसाइ मण्डली, ज्ञानेश्वर
ललितपुर
मितिः डिसेम्बर ११, २०१६
समयः ३:३० देखि ५:०० बजे सम्म
स्थानः विश्राम मण्डली, ललितपूर
Discussion about this post