“सेवा गर्न अबेर नगरौं” भन्ने नाराका साथ् संचालित सामाजिक गैह्रसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले चितवन जिल्लाको कालिका नगलपालिका ( साविकको शक्तिखोर गा. वि.स. ) मा सिलाइ कटाइ तालिमको सुरूवात गरेको छ । ६ महिनासम्म चल्ने यस तालिममा १६ देखि २९ वर्षका ३० जना महिला दिदीबहिनीहरू सहभागी भएका छन् ।
देशमा विद्यमान चरम बेरोजगारीको समस्याका कारण महिलाहरूलाई कामको खोजीमा आफ्नो ठाउँ छोड्नैपर्ने बाध्यता हुने र बाहिर गएपछि पनि सिपको अभावमा जोखिमयुक्त कामहरू गर्नुपर्ने अबस्था आउने कुरालाई मध्येनजर गर्दै संस्थाले विगतदेखि नै यसप्रकारका तालिमहरू संचालन गर्दै आएको राष्ट्रिय निर्देशक अर्जुन ढकालले बताउनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले उपस्थितहरूलाई आआफ्नो समुदायमा महिला हकहितका पक्षमा उभिदै मानब बेचबिखन तथा बालविवाहलगायत अन्य सामाजिक कुरीतिहरूको खिलाफमा वकालत गर्न आह्वान गर्नुभयो ।
Discussion about this post