आइतवार, अक्टोबर २३, कार्तिक ७
‘बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ।’ —हितोपदेश २४:५
तपाईंलाई व्यक्तिगत वृद्धिको खाँचो छ भन्ने कुराको सङ्केत भनेको तपाईंले आफ्नो काममा चाख गुमाउनु हो। धेरै मानिसहरूले सोच्छन् कि यस्तो चाख हराउने क्रम एउटै काममा धेरै लामो समयसम्म रहेपछि, वा जीवनको मध्य उमेरमा अनुभव गरिने संकटको परिणाम हो। सत्य के हो भने, हामीमध्ये धेरैले हाम्रो काममा चाख हराउने कारण भनेको वृद्धि हुँदैजान हाम्रो चाख गुमाएर हो। उच्च तहको जोश र सृजनशीलता अनुभव गर्ने मानिसहरूका बारेमा विचार गर्नुहोस्। सामान्यतया, उनीहरू आफ्नो पेशाको बारेमा जोशिला हुन्छन् र उनीहरूले सानातिना कुराहरूभन्दा ‘ठूलो तस्विर’ को बारेमा बढी वास्ता राख्छन्। उनीहरूका वरिपरि भएका मानिसहरू दिनहुँका कार्यतालिकाहरूमा हराउँदा, वृद्धिका लागि प्रतिबद्ध मानिसहरू अझै नयाँ कुरा सिक्न र आफ्नो सीपलाई माथिल्लो उचाइमा लैजान व्यस्त हुन्छन्। यिनीहरू वृद्धि भइरहने, सिकिरहने, र आफ्ना अनुभवलाई फराकिलो बनाइरहने— आफ्नो काममा वा जीवनमा कहिल्यै चाख नहराउने मानिसहरू हुन्।
बदाम उत्पादन गर्नु निकै अल्छिलाग्दो काम जस्तो लाग्छ, होइन त ? तर जर्ज वासिङ्टन कार्भरले त्यस्तो ठानेनन् ! उनले बदामको अध्ययन गरे, त्यसमा सुधार गरे, त्यसका सयौं वटा उपयोगिता पत्ता लगाए, अनि उनी यति प्रसिद्ध भए कि उनको सफलताको रहस्यको बारेमा संसदीय समितिलाई व्याख्या दिन उनलाई अमेरिकाको राजधानी वासिङ्टन डी. सी. बोलाइयो। त्यहाँ उनले तिनीहरूलाई यसो भनेः
‘परमेश्वरले बदाम बनाउनुभयो। यसैकारण बदामबाट के गर्न सकिन्छ भनी मलाई देखाइदिनुहुन मैले उहाँसँग अनुरोध गरेँ, अनि उहाँले त्यसै गर्नुभयो !’ यो यति सरल छ। सामान्य कुराहरूमा तपाईंले जति समय खर्च गर्नुहुन्छ, त्यत्ति नै समय आफ्नो ज्ञान र अनुभव विस्तार गर्न लगानी गर्नुहोस्, अनि तपाईंको चाख र जोशको स्तर बढ्छ कि बढ्दैन हेर्नुहोस्। बाइबलले बताउँछ, ‘बुद्धिमान् मानिसको शक्ति महान् हुन्छ, र ज्ञानी मानिसको सामथ्र्य बढ्छ।’
आत्मिक भोजनः आफ्ना शत्रूहरुलाई प्रेम गर्नु २ राजा ६:८–२३, मत्ती ५:४३–४८, लूका ६:२७–३६





















Discussion about this post