शुक्रवार, अक्टोबर २१, कार्तिक ५
‘सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।’ —यशैया ६:३
परमेश्वरलाई देखेपछि यशैयाले लेखे, ‘मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। उहाँको मास्तिर सराफ स्वर्गदूतहरू खडा थिए— प्रत्येकका छ–छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए। अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दै थिएः
“सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो। मैले भनेँ, “धिक्कार ! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बिचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।” तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ आए। तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।” तब मैले परमप्रभुको यो आवाज सुनेँ, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने ?” अनि मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस् !” उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन”’ (पद १–९)। धर्मशास्त्रको यो खण्डको उद्देश्य तपाईंलाई डर देखाएर आफैँभित्र हेर्ने अस्वथकर बानी विकास गराउनु, वा परमेश्वरको छुटकारा पाएको सन्तानको रूपमा उहाँको सामु तपाईंको धार्मिकताको बारेमा शङ्का उत्पन्न गराउनु होइन। यशैया इस्राएलीहरूका मुख्य अगमवक्ता थिए र उनको लागि परमेश्वरसँग एउटा काम थियो। तर उनले त्यो काम जिम्मा लिनुअघि, उनले आफ्नो हृदयको अवस्था स्वीकार गर्नुपर्ने थियो र उनलाई परिवर्तन गर्न परमेश्वरलाई अनुमति दिनुपर्ने थियो। अनि आज तपाईंले पनि त्यसो गर्नुपर्छ !
आत्मिक भोजनः यशैया ४–७, यूहन्ना ६:१६–२४, भजन १२६, हितोपदेश २७:१७–१९
Discussion about this post