• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘बेचैन, रिसाहा, र असन्तुष्ट’

by Sarju Rijal
October 12, 2016
in Articles, Bible Study & Teaching

Ajako Bachan_मंगलवार, अक्टोबर ११, असोज २५
‘मलाई त्यही पानी दिनुहोस् र म कहिल्यै तिर्खाउनेछैनँ ।’ —यूहन्ना ४:१५
मादक पदार्थ पिउने लत लागेका व्यक्तिहरूलाई त्यो लतबाट छुटकारा पाउन सहायता गर्ने संस्था ‘अल्कोहोलिक एनोनिमस’ का बाह्र चरणको कार्यक्रममा, यस्ता छुटकारा चाहनेहरूलाई के सिकाइन्छ भने उनीहरू ‘बेचैन, रिसाहा, र असन्तुष्ट’ भएभने उनीहरू आफूलाई मन पर्ने लागु औषधमा फर्केर जाने खतरामा रहन्छन् । अनि त्यो कुनै समाधान होइन ।

किन ? किनकि हामी प्रत्येकभित्र परमेश्वरको आकारको रिक्तता छ जसलाई उहाँले मात्र भर्न सक्नुहुन्छ । हामी कतिपयले त्यो रिक्ततालाई मानवीय सम्बन्धहरूद्वारा भर्न प्रयास गर्छौं । येशूले एउटी स्त्रीलाई भेट्नुभयो जसको पाँच पटक सम्बन्ध विच्छेद भइसकेको थियो, र जो अब अर्कै एउटा पुरुषसँग बस्थिन् । उहाँसँग तिनको वार्तालाप यसरी अघि बढ्योः ‘येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस–जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन । जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”’ (पद १३–१५) । तपाईंको शरीर भोकाउँदा र तिर्खाउँदा यसले तपाईंलाई त्यो कुरा थाहा दिन्छ । तपाईंको आत्माले पनि त्यसै गर्छ, अनि तपाईं बुद्धिमान् हुनुहुन्छ भने तपाईंले त्यो सुन्नुहुनेछ । एकमात्र ‘सुरक्षित’ लत भनेको सम्पूर्ण रूपमा परमेश्वरमा समर्पित हुनु र उहाँमा भर पर्नु हो ! हामी सबैमा हाम्रो आत्मालाई के चाहिन्छ भन्दा पनि हाम्रो शरीरले के चाहना गर्छ त्यसप्रति प्रतिउत्तर जनाउने प्रवृत्ति हुन्छ ।

यसैले हामी काम, यौन, र मनोरञ्जन जस्ता कुराहरूतर्फ फर्कन्छौँ। अब त हामीले अर्को लत पनि थपेका छौँ— इन्टरनेट । मनोवैज्ञानिकहरूले यथार्थमै ‘इन्टरनेटको लत’ लागेका मानिसहरूको उपचार गरिरहेकाछन् । साँच्चै ! दाऊद राजासँग यी सबै थोक थिएः शक्ति, प्रसिद्धि, आनन्द, र सम्पत्ति । तर यी कुराले उनलाई रित्तो बनाएर छोडे, यसैकारण उनले लेखे, ‘जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै हे परमेश्वर मेरो प्राणले तपाईंको तृष्णा गर्दछ’ (भजन ४२:१) । तपाईं कहिले ‘बेचैन, रिसाहा, र असन्तुष्ट’ बन्नुहुन्छ पहिचान गर्नुहोस् अनि परमेश्वरकहाँ जानुहोस् ।
आत्मिक भोजनः प्रस्थान २५–२७, यूहन्ना ४:१३–१६, भजन ८९:३८–५२, हितोपदेश २६:२३–२६

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
New life in Christ

New life in Christ

July 9, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In