आइतवार, अक्टोबर ९, असोज २३
‘यदि कुनै मानिसले (अगुवा बन्ने) चाहना गर्छ भने …’ —१ तिमोथी ३:१
बाइबलले मण्डलीमा अगुवा बन्नका लागि निश्चित योग्यताहरू तोकेको छ । ‘अगुवाचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन् ।
यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैनन् भने, तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छन् र ?
तिनी नयाँ विश्वासी नहोऊन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन् । फेरि बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र …पासोमा पर्नेछन् । त्यसैगरी डिकनहरू पनि गम्भीर हुनुपर्छ, दुई–जिब्रे होइन …तिनीहरू विश्वासको रहस्य शुद्ध विवेकमा कायम राख्ने हुनुपर्छ । पहिले तिनीहरूको जाँच पनि होस् । त्यसपछि तिनीहरूले आफैँलाई दोषरहित प्रमाणित गर्न सके भने तिनीहरूले डिकनको सेवा गरून् । त्यसैगरी तिनीहरूका पत्नीहरू पनि गम्भीर, अर्काको बदख्वाइँ नगर्ने, तर सबै कुरामा संयमी र विश्वासयोग्य हुनुपर्छ … डिकनले गर्नुपर्ने सेवा जसले राम्ररी गर्छन् तिनीहरूले आ–आफ्ना निम्ति प्रतिष्ठा र ख्रीष्ट येशूमा भएको विश्वासमा पनि ठूलो भरोसा पाउनेछन्’ (१ तिमोथी ३:१–१३) । यसरी अगुवा बन्न चाहनु असलै हो, तर यसका लागि व्यक्तिगत योग्यता, आत्मिक परिपक्वता साथै पारिवारिक व्यवस्थापनका पक्षमा प्रमाणित हुनुपर्ने कुराहरू उल्लेख गरिएका छन् । के तपाईं सेवा तथा अगुवापनमा अघि बढ्ने इच्छा गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भनेता माथि उल्लेखित गुण र क्षमताहरू विकास गरि प्रार्थनासाथ परमेश्वरको बोलावटको प्रतीक्षा गर्नुहोस् ।
आत्मिक भोजनः पवित्र आत्माको आगमन योएल २:२३–३२, प्ररित २:१–२१
Discussion about this post