मंगलवार, अक्टोबर ४, असोज १८
‘पृथ्वी मैले नै बनाएको हुँ र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ ।’ —यशैया ४५:१२
किन हामीले आजसम्म अन्य कुनै ग्रहमा जीवन भेट्टाउन सकेकाछैनौं, तर हाम्रो ग्रह भने हामीलाई जीवित राख्ने र हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्ने प्रकारले बनेको छ भनी कहिल्यै विचार गर्नुभएको छ ? यो कुराले तपाईंलाई अचम्मित बनाउँछ, होइन र ? के तपाईं यो संयोग मात्र हो भन्ने सोच्नुहुन्छ ? बाइबलअनुसार त होइन। यसमा परमेश्वरले भन्नुभएको छ, ‘पृथ्वी मैले नै बनाएको हुँ र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ ।’
पृथ्वी १० प्रतिशत ठूलो वा १० प्रतिशत सानो थियो भने, यसमा अहिलेको जस्तो जीवन सम्भव हुनेथिएन भन्ने कुरा के तपाईंलाई थाहा छ ? अथवा हामीले ठिक मात्रामा ताप र प्रकाश पाउन हामी सूर्यबाट ठिक दूरीमा छौ ? यदि हामी योभन्दा बढी दूरीमा भए हामी चिसोले कठ्यांग्रिने थियौँ, अनि नजिक भए जीवित रहन सक्नेथिएनौ। पृथ्वीको अक्षांशको उदेकको ढल्काइको बारेमा एक क्षण विचार गर्नुहोस् त । अरू कुनै पनि ग्रह हाम्रो ग्रह जस्तै २३ डिग्रीमा ढल्केको छैन। यो ढल्काइको कारण पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा एक वर्षभरिमा पृथ्वीको सतहको हरेक भागमा सूर्यको किरण पर्छ। यदि पृथ्वीको अक्षांशमा यस्तो ढल्काइ थिएन भने, धुव्रहरूमा हिउँको ठूला–ठूला पिण्डहरू जम्मा हुन्थे, अनि पृथ्वीको केन्द्रमा यति धेरै तातो हुन्थ्यो कि हामीले त्यो सहन सक्ने थिएनौं। आफ्नो पहिलो सन्तानको आगमनको लागि कोठा तयार पार्ने उत्साहित आमाबुबा जस्तै, परमेश्वरले यो पृथ्वी हाम्रैलागि भनेर बनाउनुभयो।
‘किनकि परमप्रभु यसो भन्नुहुन्छ— उहाँ जसले आकाश सृष्टि गर्नुभयो, उहाँ नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको रूप रच्नुभयो र बनाउनुभयो, र त्यो बसाल्नुभयो, उहाँले त्यो खाली हुनलाई सृष्टि गर्नुभएन तर उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो’ (पद १८) । परमेश्वरले हाम्रो यति धेरै वास्ता गर्नुहुन्छ ।
आत्मिक भोजनः प्रस्थान ७–९, यूहन्ना २:१–११, भजन २९, हितोपदेश २६:४–६
Discussion about this post