आइतवार, अक्टोबर २, असोज १६
‘तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर; यी सबै कसले बनाएका हुन् ?’ —यशैया ४०:२६
संसारका धेरै जना महान् विचारकहरूले विश्वास गर्छन् कि परमेश्वर अस्तित्वमा मात्र हुनुहुन्न, तर उहाँले यो ब्रह्माण्ड र यसमा बास गर्नेहरूलाई सृष्टि गर्नुभएको हो। यसकारण अब कसैले तपाईंलाई साधारण, अशिक्षित मानिसहरूले मात्र परमेश्वरमा विश्वास गर्छन् भन्यो भने, त्यो कुरा नपत्याउनुहोस्। अमेरिकाको अन्तरिक्ष अध्ययन प्रतिष्ठान नासा अन्तर्गतको गोडार्ड इन्स्टिट्युट फर स्पेस स्टडिजका संस्थापक तथा निर्देशक डा. रबर्ट जास्ट्रोले आफ्नो बहुचर्चित पुस्तक परमेश्वर र अन्तरिक्षविज्ञहरूमा यस्तो लेखेकाछन्ः
‘अन्तरिक्ष सम्बन्धी अध्ययनका प्रमाणहरूले संसारको उत्पत्तिको बारेमा बाइबलीय धारणालाई समर्थन गर्छन् … विवरणहरू फरक छन्, तर अन्तरिक्ष विज्ञान र उत्पत्तिको पुस्तकमा दिइएका बाइबलीय विवरणहरूको सार तत्व एउटै छ … यो ब्रह्माण्ड कुनै निश्चित बिन्दुमा विष्फोट भएर अस्तित्वमा आयो भन्ने कुरा विज्ञानले प्रमाणित गरेको छ … कुन कारणले यस्तो परिणाम ल्यायो? कसले वा केले यो ब्रह्माण्डमा पदार्थ वा शक्ति राखिदियो? विज्ञानले यी प्रश्नहरूको उत्तर दिन सक्दैन … अनि तर्क वा विवेकको शक्तिमाथि आफ्नो विश्वासद्वारा अहिलेसम्म जिएको वैज्ञानिकका लागि कथा एउटा खराब सपनाजस्तै अन्त्य हुन्छ। उसले अज्ञानताको पहाड चढेको छ … सबैभन्दा अग्लो टाकुरोमाथि विजय पाउन लागेको छ, र जब ऊ त्यो अन्तिम चट्टानमाथि चढ्छ, उसलाई ईश्वरशास्त्रीहरूको एक दलले स्वागत गर्छन् जो शताब्दीयौदेखि त्यहाँ बसिरहेका थिए।’
पिअर–सिमोन ल्यापलेस नामका अर्का एक विश्व प्रसिद्ध खगोलशास्त्रीले भनेकाछन् कि एक विवेकशील परमेश्वरको पक्षको प्रमाण, कागजमा यत्तिकै फालिएका लेख्ने यन्त्रहरूले महाकवि होमरको इलियाड सृजना गरेभन्दा अतुलनीय रूपमा धेरै सम्भव थियो। यो ब्रह्माण्डका सृष्टिकर्ताका रूपमा परमेश्वरको पक्षको प्रमाण उहाँको विपक्षमा प्रमाणको तुलनामा एकको विरुद्धमा अनन्त जस्तो छ। यसको मापन पनि गर्न सकिँदैन । यसकारण आनन्दित हुनुहोस्ः ‘परमेश्वर हुनुहुन्छ ।’ उहाँकहाँ पुग्न सकिन्छ र उहाँ उपलब्ध हुनुहुन्छ, यदि तपाईंले प्रार्थना गर्न र उहाँलाई तपाईंको जीवनमा निम्त्याउन समय निकाल्नुहुन्छ भने ।
आत्मिक भोजनः सँगसँगै काम गर्नु प्रस्थान १७:८–१६, २ कोरिन्थी १:३–७
Discussion about this post