बुधवार, सेप्टेम्बर २८, असोज १२
‘हामीले पर्खाल बनायौं … किनकि मानिसहरूले तनमन दिएर काम गरे।’ —नहेम्याह ४:६
सफल बन्न, नहेम्याहलाई आफ्ना हाकिम, अर्थात् राजाको निगाह चाहिएको थियो। यसकारण उनले प्रार्थना गरे कि यी अन्यजातिका राजाले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्न आवश्यक आर्थिक सहायता गरून्। यो एक साहसी प्रार्थना थियो, र रातारात यसको उत्तर पनि आएन। तर नहेम्याहले पर्खंदै त्यत्तिकै बसिरहेनन्। त्यस बीचमा उनले एउटा योजना तयार पारे, समूह निर्माण गरे, अनि उक्त निर्माण कार्य सुरु गर्न एउटा मिति निर्धारण गरे। यसप्रकार जब राजाले अनुमति दिए, उनी अघि बढ्न तयार थिए। कतिपय मानिसहरू सोच्छन् कि यदि परोश्वरले कुनै काम गर्नुुहुनेछ भने, हामीले के नै गर्नुपर्छ र ? अर्का थरी मानिसहरूले सोच्छन् कि उनीहरूलाई परमेश्वरको खाँचो पर्दैन, यसकारण उनीहरू आफैँ सबै काम गर्न खोज्छन्। तर यी दुवै प्रकारका अतिवाद गलत हुन्। कहिले कहीँ परमेश्वरले तपाईंको जीवनमा उहाँले जे गरिरहनुभएको छ, त्यसलाई अर्कै मानिसको जीवनमा उहाँले गरिरहनुभएको कुरासँग सन्तुलित बनाउनुपर्ने हुन्छ, ताकि ‘सबै थोक मिलेर भलाइ उत्पन्न गरोस्’ (रोमी ८:२८)।
नहेम्याहको सन्दर्भमा, राजाबाट अख्तियार पत्र र त्यो परियोजनाको लागि आर्थिक सहायताको प्रतीक्षा गर्नु भनेको सरकारी अनुदानको प्रतीक्षा गरेझैँ थियो— यसको लागि केही समय लाग्न सक्छ। तर बाइबलले भन्दछ, ‘राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैँ जता मन लाग्यो उतै उहाँले फर्काउनु हुन्छ’ (हितोपदेश २१:१)।
नहेम्याहले परमेश्वरले जुटाउन चाहनुहुन्छ भन्ने कुरामा बलियो विश्वास प्रदर्शन गरे। उनले पर्खिरहँदा तयारी गर्नु र सबै कुरा ठिकठाक पारिराख्नु उनको जिम्मेवारी हो ताकि परमेश्वरले अनुमतिको सङ्केत दिनुभएपछि उनी अघि बढ्न तयार भइराखून् भन्ने कुरा पनि उनले बुझेका थिए। उनले विश्वास र बुद्धि दुवै प्रदर्शन गरे। उनले परमेश्वरको तर्फबाट गरिने काम आफुले गर्न सक्ने थिएनन् अनि परमेश्वरले उनको काम गर्नुहुने थिएन भन्ने कुरा उनले बुझेका थिए। यसकारण, तपाईंको निम्ति आजको वचन छः ‘आफूलाई तयार पार्नुहोस् !’
आत्मिक भोजनः १ कोरिन्थी १२–१४, यूहन्ना १:१–१३, भजन ६०, हितोपदेश २५:२१–२२
Discussion about this post