‘योसेफले एउटा सपना देखे र उनले त्यो सपना आफ्ना दाज्यूहरूलाई भनेपछि तिनीहरूले उनीसँग झन् बढ़ी दुश्मनी राख्न लागे।’ —उत्पत्ति ३७:५
स्थिर रहिरहने शक्ति असमझदारी र इन्कारमाथि विजयी हुन्छ। कहिले कहीँ सहायताको लागि तपाईं भर पर्नुहुने मानिसहरूले नै तपाईंलाई उल्टै तुच्छ बनाउने प्रयास गर्नेछन्। जब परमेश्वरले तपाईंलाई तिनीहरूले सम्हाल्न सक्नेभन्दा धेरै ठूलो दर्शन दिनुहुन्छ, तिनीहरूले ‘तिमी धेरै ठूलो कुरा गर्दैछौ,’ भन्नेछन् अनि तपाईंलाई सानो बनाउन प्रयास गर्नेछन्— उनीहरू जस्तै सानो ! योसेफका दाज्यूहरूले उनलाई दासका रूपमा बेचिदिए, अनि घर गएर कुनै जङ्गली जनावरले उनलाई मारिदियो भनी उनीहरूका बाबुलाई बताए। कसैले योसेफलाई ‘मलाई तिम्रो परिवारको बारेमा बताऊ त’ भन्दा उनले कस्तो महसुस गरेहोलान्, कल्पना गर्न सक्नुहुन्छ ?
अमेरिकी सेनापति डिव्ट डि. आइजेनआवरले भनेकाछन्, ‘सस्तो मूल्यमा कुनै विजय पाइँदैन।’ अनि दुःखको कुरा, बाहिरी संसारमा जस्तै मण्डलीमा पनि धोकेबाजी हुन्छ। चाल्र्स स्पर्जनको उमेर पच्चीस वर्ष जति नपुग्दै, यति धेरै मानिसहरू उनको मण्डलीमा आए कि त्यो मण्डली भवन तिनीहरू सबैलाई अटाउन सानो भयो। यसकारण उनले आफ्नो मण्डलीका तीस जना अगुवाहरूसँग भेट गरे र ५,५०० मानिसहरू अटाउने भवन बनाउने सुझाव दिए। भनाइ छ कि यदि तिनीहरूमध्ये कसैलाई त्यो कार्य सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा शङ्का लाग्यो भने, जिम्मेवारी छोडेर गएहुन्छ भनी उनले भने। अनि तेइस जनाले छोडेर गए ! तर परमेश्वरले उनलाई दिनुभएको दर्शनमा स्पर्जन अडिग रहे। उनमा त्यो कार्य पूरा भएको हेर्न आवश्यक पर्ने ‘लगाव’ थियो। अनि पैँतालीस वर्षभन्दा बढी समयसम्म बिहान र साँझ उनको प्रचार सुन्न उक्त मेट्रोपोलिटान टेबरनेकलमा मानिसहरूको भिड लाग्यो, उक्त मण्डली इतिहासभरिमै सबैभन्दा प्रभावशाली मण्डलीहरू मध्येमा एक गनियो। ‘पार गर्न सक्दिनँ’ भन्ने प्रकारका कुनै नदी भेट्नुभएको छ ? तपाईंले पार गर्न नसक्ने कुनै पहाड भेट्नुभएको छ ? असम्भव ठानिएका कुराहरू गर्नु परमेश्वरको विशिष्टता हो; अरूले गर्न नसक्ने कुरा उहाँले गर्न सक्नुहुन्छ।’
आत्मिक भोजनः१ कोरिन्थी ४–६, मर्कूस १५:३३–४७, भजन ९१? हितोपदेश २५:९–१२
Discussion about this post