बिहीवार, सेप्टेम्बर २२, असोज ६
‘संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ।’ —यूहन्ना १६:३३
तपाईंले स्थिर रहिरहने शक्ति विकास गर्नुपर्ने दुई वटा थप कारणहरू यहाँ छन्ः
१) यसले दीर्घकालीन् बिमारमाथि विजय प्राप्त गर्छ। जब बिमारले तपाईंको शारीरिक, भावनात्मक, र मानसिक शक्ति नष्ट गर्छ,— त्यस्तो समयमा तपाईंलाई स्थिर रहिरहने शक्तिको आवश्यकता पर्छ। बाइबलले बताउँछ, ‘मानिसको (वा स्त्रीको) बलियो आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीडा कसले सहन सक्ला ?’ (हितोपदेश १८:१४)।
चाल्र्स स्पर्जन लाखौं मानिसहरूका माझमा ‘प्रचारकहरूका राजकुमार’ अर्थात् उत्तम प्रचारक भनेर चिनिएका थिए। उनको सेवकाइले ब्रिटेनको राजधानी लण्डन लगायत ब्रिटेनका अधिकांश भागमा प्रभाव पारेको थियो। तथापि उनी यति बिरामी थिए कि उनले धेरै समय दक्षिणी फ्रान्समा आराम गर्दै बिताउनु पर्थ्यो। उनकी पत्नी उनीहरूका जुम्ल्याहा छोराहरू जन्मेपछि अपाङ्ग बनिन्, तथापि तिनले स्थिर रहिरहने शक्तिद्वारा आफ्नो शारीरिक सीमालाई पार गरिन्। पक्षघात भए तापनि, तिनले आफ्नो ओछ्यानबाट पुस्तक वितरणको अभूतपूर्व प्रयत्नलाई निर्देशित गरिन्। अनि तिनको स्थिर रहिरहने शक्तिको कारण नै स्पर्जनका पुस्तकहरू अन्य धेरै सेवकहरूका पुस्तकहरूभन्दा बढी मानिसहरूका पुस्तक कक्षमा पुगेकाछन्।
२) योे आर्थिक सीमामाथि विजयी हुन्छ। ब्रिस्टोलमा अनाथहरूका लागि अनाथालय स्थापना गर्ने जर्ज मुलर स्थिर रहिरहने शक्तिको एक प्रमुख उदाहरण हुन्। उनले हजारौँ बालबालिकाहरूको जीवन बचाए, अनि उनले त्यो काम विश्वासद्वारा गरे। कैयौँ पटक उनीसँग उनीहरूका निम्ति अर्को छाकको खाना किन्न रूपैयाँपैसा हुँदैनथ्यो, तर उनले कहिल्यै गुनासो गरेनन्। त्यसको सट्टा उनले प्रार्थना गरे। अनि उनको विश्वासको प्रतिउत्तरमा, संसारभरिबाट रूपैयाँपैसा आयो, जसमध्ये धेरै जसो उनले नचिनेका मानिसहरूबाट आएको थियो। मुलर यो धार्मशास्त्रीय सिद्धान्तको आधारमा जिएका थिएः ‘जोशमा पछि नहट। पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो। आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो’ (रोमी १२:११–१२)।
आत्मिक भोजनः जकरिया १२–१४, मर्कूस १५:१२–२०, भजन ५४, हितोपदेश २५:१–३
Discussion about this post