बुधवार, सेप्टेम्बर २१, असोज ५
‘हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं।’ —२ कोरिन्थी ४:८
सत्य प्रमाणित भएको एउटा भनाइ यहाँ छः ‘जुन कुराले तपाईंलाई नष्ट गर्दैन त्यसले तपाईंलाई बलियो बनाउँछ।’ अनि झूटा प्रमाणित चार वटा भनाइहरू यहाँ छन्ः
१) ‘तपाईं ख्रीष्टियन बन्नुभएपछि तपाईंका सबै समस्याहरू समाधान हुन्छन्।’ तपाईंलाई त्यो कुरा बताउने व्यक्ति जोसुकै भए तापनि उसले यो कुरा धर्मशास्त्रबाट लिएको होइन। पावलले भनेकाछन्, ‘ हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं। अन्योलमा परेका छौं, तर हताश भएका छैनौं। सताइएका छौं, तापनि त्यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं’ (पद ८–९)।
२) तपाईंले सामना गर्नुहुने सबै समस्याहरूका बारेमा बाइबलमा बताइएकोछ। हो, परमेश्वरले आफ्नो वचनमा धेरै कुरा बताउनुभएकोछ, तर पनि हामी ‘विश्वासद्वारा हिँडौँ देखिएका कुराको आधारमा होइन’ (२ कोरिन्थी ५:७) भन्ने उहाँ चाहनुहुन्छ। त्यसको अर्थ उहाँको वचनबाट, पवित्र आत्माको प्रेरणाबाट, अनि विश्वासको परिवारका धर्मी मित्रहरूबाट मार्गदर्शन प्राप्त गर्नु भन्ने हुन्छ।
३) ‘तपाईंमाथि समस्या आइपरिरहेकाछन् भने, तपाईं पक्कै पनि अनात्मिक हुनुपर्छ।’ तर त्यसको विपरितचाहिँ सत्य हो। शैतानको आक्रमण यो कुराको प्रमाण हो कि त्यसले तपाईंमाथि विजय प्राप्त गरेकोछैन, तपाईं त्यसको अन्धकारको राज्यको लागि खतरा हुनुहुन्छ, अनि तपाईंले परमेश्वरको इच्छा पालन गरिरहनुभएको छ। अनि जति ठूलो आक्रमण हुन्छ, त्यसको पछाडि तपाईंलाई त्यति नै ठूलो आशिषले पर्खिरहेको हुन्छ, यसकारण अघि बढिरहनुहोस्।
४) ‘सत्य बाइबलीय शिक्षा पाएपछि सबै समस्या स्वतः समाधान हुन्छन्।’ यसले समस्या समाधान गर्न तपाईंलाई निश्चय नै सहायता गर्नेछ, तर यसले तपाईंको लागि समस्या समाधान गरिदिँदैन। तपाईं वचन ‘पालन गर्ने’ हुनुपर्छ, ‘सुन्ने मात्र’ होइन (हेर्नुहोस् याकूब १:२३)। पावल लेख्छन्, ‘प्रभुमा र उहाँको शक्तिको सामथ्र्यमा बलवान् होऊ। दियाबलसका युक्तिहरूको विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर’ (एफिसी ६:१०–११)। अर्को शब्दमा, तपाईंलाई ‘स्थिर रहिरहने शक्ति’ चाहिन्छ।
आत्मिक भोजनः जकरिया ९–११, मर्कूस १५:१–११, भजन ५२, हितोपदेश २४:३२–३४
Discussion about this post