मंगलवार, सेप्टेम्बर २०, असोज ४
‘प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन।’ —१ कोरिन्थी १३:५
कसैलाई प्रेम गर्नुको अर्थ के हो भन्ने बारेमा सबैभन्दा महान् अन्तरदृष्टिहरूमध्ये केही प्रेरित पावलबाट आएकाछन्।
उनले प्रेमको बारेमा यसरी वर्णन गरेकाछन्ः ‘यदि मैले सारा सम्पत्ति बाँडिदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालेँ, तर मसित प्रेम छैनभने मलाई केही लाभ हुँदैन। प्रेम सहनशील हुन्छ, र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ। प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठिक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेमको कहिल्यै अन्त्य हुँदैन’ (पद ३–८)।
जोन र मेरीको विवाह भएको पचास वर्ष भएको थियो। एक रात मेरीले भनिन् ‘हामी जवान छँदा तिमीले मेरो हात समात्थ्यौ।’ अलिकति दिक्क मान्दै जोनले आफ्नो हात तिनीतिर बढाए। मेरीले फेरि भनिन्, ‘हामी जवान छँदा तिमीले मलाईं अंगालो माथ्र्यौ।’ अझै विस्तारै जोनको शरीर कर्याककुरुक हुँदै फर्कन्छ र तिनलाई अंगालो मार्छ। ‘हामी जवान छँदा तिमीले मेरो कान टोक्नेगथ्र्यौ।’ तब अचानक ओढ्ने एकातिर पन्छाएर जोन ओछ्यानबाट उठ्छन्। छक्क पर्दै मेरीले सोध्छिन्, ‘तिमी कहाँ जाँदैछौ ?’ ‘मेरो दाँत लिन !’ भन्दै जोन गुनगुनाउँछन्। रोमान्स र सक्रिय हर्मोनहरूले भरिपूर्ण भएको समयमा कसैको कान टोक्नु एउटा कुरा हो। तर वर्षौंपछि, सबै कुरा साधारण हुँदा र स्वाथ्य पनि कमजोर हुँदा, अनि तपाईंले आफ्नो दाँत लिन उठ्नुपर्दा पनि सुन्न सहायता गर्ने यन्त्र जडान गरिएको त्यही कान टोक्नु— हो, त्यो चाहिँ साँचो प्रेम हो !
आत्मिक भोजनः जकरिया ५–८, मर्कूस १४:६६–७२, भजन ३४, हितोपदेश २४:२९–३१
Discussion about this post