सोमवार, सेप्टेम्बर १९, असोज ३
‘तिमीहरू आनन्दमा बाहिर जानेछौ।’ —यशैया ५५:१२
प्रत्येक बिहान यसो भन्नुहोस्, ‘आज म आनन्दमा बाहिर जानेछु।’ त्यसले तपाईंको मनोवृत्तिलाई सही बनाउनेछ !
सामान्यतया, मानिसहरू तीन प्रकारका हुन्छन्ः
१) असल अनुभव गरेकोमा खराब अनुभव गर्नेहरू। तिनीहरूले सोच्छन् कि हामी खुसी हुनुहुँदैन, ‘जिम्मेवार’ मात्र हुनुपर्छ।
२) तपाईंको आनन्दले उनीहरूलाई समस्या गराउने हुनाले तपाईंको आनन्दमाथि पानी छर्कनेहरू। प्रायः यस्ता मानिसहरू जीवनबाट चोट पाएकाहरू हुन्छन् अनि रिस उनीहरूको नाकैमा हुन्छ।
३) तपाईंको हौसला बढाउनेहरू र तपाईंमा जीवन भर्नेहरू। तपाइले भन्नुहोला, ‘तर बाइबलले हामी विश्वासीहरू अविश्वासीहरू भन्दा फरक हुनुपर्छ भन्दैन र ?’
हो, तर नकारात्मक रूपमा फरक होइन, सकारात्मक रूपमा फरक हुनुपर्छ ! अनि तपाईंले प्रभुको आनन्दमा हिँड्ने प्रतिबद्धता नजनाउनुभएसम्म, तपाईंले अविश्वसीहरूबाट फरक हुने नकारात्मक तरिकाहरू मात्रै पत्ता लगाउनुहुनेछ।
पावल लेख्छन्, ‘प्रभुमा सधैँ आनन्द गर’ (फिलिप्पी ४:४)। ‘पावललाई त्यसो भन्नु सजिलै थियो, उनीसँग कुनै समस्या थिएन’ भन्ने सोचिरहनुभएको छ भने, फेरि सोच्नुहोस् ! यी शब्दहरू लेख्दा पावल कैदमा थिए र उनी त्यहाँबाट निस्कने कुनै सम्भावना थिएन। उनको लागि, आनन्द एउटा निर्णयको कुरा थियो, परिस्थितिहरूप्रतिको प्रतिकृया होइन। तपाईंले सोध्नुहोला, ‘पावल कैदमा पनि कसरी आनन्दित हुन सकेहोलान् ?’ किनकि उनले बुझेका थिए कि साँचो आनन्द चाहिँ आफ्नै चाहना वा स्वार्थभन्दा ठूलो कुनै कुराप्रति आफैलाई समर्पित गरेपछि आउँछ। बाइबलले भन्दछ, ‘प्रभुको आनन्द तिमीहरूको बल हो’ (नहेम्याह ८:१०)।
साँचो आनन्दले तीन वटा कुराको माग गर्छः
क) हरेक दिन परमेश्वरको भलोपनमा केन्द्रित हुने सचेत निर्णय।
ख) तपाईंले पाउने हरेक अवसरमा अरूलाई आशिष दिने।
ग) आनन्दले शक्ति दिन्छ भन्ने कुरा बुझ्ने, त्यसैकारण त शैतानको पहिलो निशाना तपाईंको आनन्द हो।
जब तपाईंले आफ्नो आनन्द गुमाउनुहुन्छ तपाईंले आफ्नो शक्ति गुमाउनुहुन्छ र त्यसले जित्छ— यसैकारण आनन्दित हुनुहोस् !
आत्मिक भोजनःजकरिया १–४, मर्कूस १४:५३–६५, भजन ३९, हितोपदेश २४:२६–२८
Discussion about this post