आइतवार, सेप्टेम्बर १८, असोज २
‘उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, र उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।’ —२ कोरिन्थी १:१०
पावल लेख्छन्ः ‘प्रिय भाइबहिनी हो, हामीले एशियामा भोगेका दुःखको विषयमा तिमीहरू अजान रहो भन्ने हामी चाहँदैनौं … हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौं, जीवनदेखि हामीले हरेस खाइसकेका थियौं। हामीलाई त मृत्युदण्ड नै पाएझैँ लागेको थियो। हामी आफैँमाथि होइन तर मृतकहरूलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं भनेर यो हुन आयो। उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ’ (पद ८–१०)। पावलका निम्ति, जुन कुरा अवसर र जीवनको अन्त्य जस्तो देखिन्थ्यो, त्यो त उनको जीवनमा परमेश्वरको शक्ति र सहायता उपलब्ध हुने एक ताजा अवसर पो भयो।
परिणामतः उनले यसो भने कि यी सबै कुराद्वारा उनले आफैँमा होइन तर परमेश्वरमा भरोसा गर्न सिके, ‘जसले मृतकहरूलाई जीवन दिई उठाउनुहुन्छ’। तपाईंका योजनाहरू मृत भएको देखिँदा मात्र परमेश्वरको पुनरुत्थान गर्ने शक्ति तपाईंको जीवनमा ठूलो मात्रामा काम गर्न थाल्छ। जबसम्म तपाईसंग तपाईंले पुकारा गर्दा सुन्ने एक स्वर्गका पिता हुनुहुन्छ, तपाईंलाई खडा हुन खाँचोपर्दा प्रभुबाट एउटा शब्द हुन्छ, र त्यसलाई सक्रिय तुल्याउन विश्वास रहन्छ, तबसम्म तपाईंसँग आनन्दित हुने कारण रहन्छ। यसकारण आउनुहोस्, आजैदेखि परमेश्वरमा पुकारा गर्न सुरु गर्नुहोस् !
अनि विश्वासमा त्यसो गर्नुहोस्— शङ्कामा होइन। तपाईंको पक्षमा उहाँले आफ्नो शक्ति सक्रिय पार्नुहुन्छ भन्ने आशा राख्नुहोस्, अनि उहाँले तपाईंको परिस्थिति सम्पूर्ण रूपमा परिवर्तन गर्नुभएको हेर्नुहोस्। किन ? किनकि अब तपाईंले उहाँमा भरोसा राख्न सुरु गर्नुभएको छ जसले यसको बारेमा साँच्चै केही गर्न सक्नुहुन्छ ! तपाईं जतिसुकै बलियो वा सफल बन्नुभए तापनि, तपाईंको जीवनमा परमेश्वरको अनुग्रह र अगुवाइ नचाहिने समय कहिल्यै पनि हुनेछैन। अनि जति चाँडो तपाईंले यो कुरा सिक्नुहुन्छ, तपाईंलाई त्यति नै धेरै असल हुन्छ।
आत्मिक भोजनः बुद्धि १ राजा ३:४–२८, याकुव १:२–८,
Discussion about this post