शुक्रवार, सेप्टेम्बर १६, भदौ ३१
‘उहाँले … पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ।’ —भजन २५:८
धर्मशास्त्रभरि नै परमेश्वरले साधारण मानिसहरूसँग बोल्नुभएको पाइन्छ, अनि उहाँ तपाईंसँग पनि बोल्नुहुनेछ ! उहाँले अब्राहामलाई कहिले घर छोड्ने भन्ने कुरा बताउनुभयो (हेर्नुहोस् उत्पत्ति १२:१),
अनि कहिले घर जाने भनी याकूबलाई बताउनुभयो (हेर्नुहोस् उत्पत्ति १३:३१)।
अनिकालको बिचमा कहाँ अन्न पाइन्छ भनी उहाँले एलियालाई बताउनुभयो (हेर्नुहोस् १ राजा १७:१–५)।
दुई वटा भिन्नाभिन्नै अवसरमा उहाँले पावललाई अवसरको ढोका जस्तो देखिने मार्गबाट भएर जानबाट रोक्नुभयो किनकि उहाँसँग उनको लागि अझै उत्तम योजना थियो।
बाइबलले बताउँछः ‘परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिको लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वासयोग्य हुन्छन्’ (भजन २५:८–१०)। जीवनमा परमेश्वरद्वारा निर्देशित हुनुभन्दा बढी महत्वपूर्ण कुरा केही पनि छैन। अरू मानिसहरूका सल्लाह र सुझावले परमेश्वरले तपाईंलाई पहिल्यैदेखि भनिरहनुभएका कुरालाई निश्चित र स्पष्ट मात्र पार्नुपर्छ। तर उहाँबाट नसुन्नुभएसम्म तपाईं अरू मानिसहरूका विचारहरूलाई परमेश्वरको अगुवाइ ठान्ने परीक्षामा पर्नुहुनेछ, त्यसले तपाईंलाई चोट पु¥याउनेछ। तपाईं विशेष हुनुहुन्छ, अनि परमेश्वरसँग तपाईंका निम्ति विशेष योजना र उद्देश्य छ। कुन बाटोतिर लाग्ने भनेर तपाईं निश्चित हुनुहुन्न भने, यो प्रतिज्ञामा खडा हुनुहोस्ः
‘म दृष्टिविहीनहरूलाई तिनीहरूले नचिनेको बाटोमा डो¥याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ’ (यशैया ४२:१६)। यो अति उत्तम कुरा हो, योभन्दा असल हुने ठाउँ छैन !
आत्मिक भोजनःमीका ५–७, मर्कूस १४:२७–४२, भजन १९, हितोपदेश २४:१९–२२
Discussion about this post