बिहीवार, सेप्टेम्बर १५, भदौ ३०
‘थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले पनि यसलाई बगाउन सक्दैनन्।’ —श्रेष्ठगीत ८:७
एउटा विवाह समारोहको बारेमा यस्तो कथा छः सेवकले दुलाहालाई सोधे, ‘के तपाईं यी स्त्रीलाई सुखमा वा दुःखमा, प्रशस्ततामा वा गरिबीमा, रोगी अवस्थामा वा स्वस्थ अवस्थामा साथ दिनुहुन्छ ?’ ती दुलाहाले भने, ‘दिन्छु, दिन्नँ, दिन्छु, दिन्नँ, दिन्नँ, दिन्छु।’ हामी सबै विवाहका उत्तम, असल, स्वास्थ्यकर पक्ष चाहन्छौं, तर सम्बन्ध त्यसरी चल्दैन। कतिपय आधुनिक विवाह समारोहमा दुलाहा र दुलहीले ‘प्रेम रहेसम्म’ सँगसँगै बस्ने शपथ खान्छन्। आशा गरौं उनीहरू दुवैले पारपाचुके सम्बन्धी काम गर्ने कुनै असल वकिल चिनेकाछन्, किनकि उनीहरूलाई ती वकिलको खाँचो पर्नसक्छ। सत्य के हो भने भावनामा आधारित सम्बन्धहरू टिक्दैनन्। वैवाहिक सम्बन्धमा साँचो स्थिरता त्यस्तो बलियो प्रतिबद्धताले मात्रै दिनसक्छ जसले भावनाहरू तलमाथि हुँदा पनि दुवै जनालाई स्थिर राख्छ। के तपाईं कुनै आमाबुबाले आफ्नो छोरा वा छोरीलाई ‘मैले तिमीलाई प्रेम गरेसम्म मात्र म तिम्रो हेरचाह गर्छु’ भनेको कल्पना गर्न सक्नुहुन्छ ? अहँ, सक्नुहुन्न। त्यसैगरी, प्रेमको टालटुले अभिव्यक्तिले पनि वैवाहकि जीवनको भविष्यका लागि खासै अर्थ राख्दैन। यसको बारेमा यसरी विचार गर्नुहोस्ः भावना भनेको ट्रेनको चालक रहने अघिल्लो भाग जस्तो हो, तर प्रतिबद्धता चाहिँ इन्जिन हो जसले सम्बन्धलाई दिनदिनका उकालीओरालीहरू हुँदै लैजान्छ। सोलोमनले यसलाई यसरी व्यक्त गरेकाछन्ः ‘थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले पनि यसलाई बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।’ अनि थप एउटा विचार— बाइबलको मुख्य भाव पुनरुत्थान हो। त्यसको अर्थ तपाईंहरूको प्रेम मृत जस्तो भएको हुनसक्छ, तापनि यदि तपाईंले परमेश्वरलाई आफ्नो हृदयमा काम गर्न दिनुभयो भने, उहाँले यसलाई फेरि जीवित तुल्याउन सक्नुहुन्छ।
आत्मिक भोजनः मीका १–४, मर्कूस १४:१२–२६, भजन २४, हितोपदेश २४:१५–१८
Discussion about this post