मंगलवार, सेप्टेम्बर १३, भदौ २८
‘तिमीहरूसित हुँदैन किनकि तिमीहरू माग्दैनौ।’ —याकूब ४:२
ध्यान दिनुहोस्ः
१) नमाग्नुभएसम्म तपाईंले कतिपय लाभहरू पाउनुहुनेछैन। साथसाथै, ‘माग्ने र पाउने’ कामले तपाईंको आत्मविश्वासलाई धेरै लाभ पुर्याउँछ। उनीहरूको माग पूरा हुँदा ती पाँच जना स्त्रीहरू कति आनन्दित भएहोलान्, कल्पना गर्नुहोस्। उनीहरू भावनात्मक रूपमा सुरक्षित व्यक्तिहरू थिए, अन्यथा उनीहरूले यसो गर्ने प्रयत्न नै गर्ने थिएनन्। यसकारण, परमेश्वरको एक छुट्कारा पाएको सन्तानको रूपमा यस्तो घोषणा गर्नुहोस्, ‘यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुने ?’ (रोमी ८:३१)।
२) उचित मौका महत्वपूर्ण हुन्छ। ‘बुद्धिमान्ले खतरा आइरहेको देख्छ होसियारी अपनाउँछ, तर सोझोचाहिँ त्यतैतिर जान्छ र दुःख पाउँछ’ (हितोपदेश २७:१२)।
सलोफादका छोरीहरूले उजाड–स्थानमा हुँदै आफ्नो कुरा राखे; इस्राएलीहरूले प्रतिज्ञाको भूमिमा अझै विजय पाइसकेका थिएनन्। असल योजना अत्यन्तै महत्पूर्ण छ। तपाईं यत्तिकै अरूले तपाईंको हितको लागि सोचिरहेको होलान् भनी अनुमान गरेर बस्न सक्नुहुन्न। उदाहरणको लागि, तलब वृद्धिको घोषणा भइसकेपछि, तपाईंको हाकिमलाई तलब वृद्धिको लागि निवेदन गर्ने उचित समय होइन। सलोफादका छोरीहरूले इस्राएलका अरू सबै स्त्रीहरूको जीवन उत्तम बनाइदिए। यसकारण स्पष्ट रूपमा कुरा राख्नुहुँदा अनि परिस्थितिको सामना गर्नुहुँदा तपाईं मात्र आशिषित् हुनुहुने होइन कि अरू पनि आशिषित् हुनेछन्।
३) दुवै पक्षको हितको लागि प्रयत्न गर्नुहोस्। संघर्ष अझै समाप्त भएको थिएन। सलोफादका छोरीहरूका बाबुका दाज्यू–भाइहरूले नयाँ व्यवस्थामा सुधारको लागि निवेदन गरे। तिनीहरूको तर्क के थियो भने, यी स्त्रीहरूले आफ्नो कुलभन्दा बाहिर विवाह गरे भने, उनीहरूको जग्गा–जमिन अरू कुलकहाँ जानेछ। यसकारण परमेश्वरले अर्को यस्तो व्यवस्था बनाउनुभयोः जग्गा–जमिन प्राप्त गर्न आफ्नै कुलभित्र मात्रै विवाह गर्नुपर्छ (हेर्नुहोस् गन्ती ३६:५–११)। विवाहको सन्दर्भमा, आत्मिक रूपमा त्यो सिद्धान्त अझै पनि लागु हुन्छ। ‘तिनले चाहेको व्यक्तिसँग विवाह गर्न सक्छिन्, तर ऊचाहिँ प्रभुकै जन हुनुपर्छ’ (१ कोरिन्थी ७:३९)। पुरुषको सम्बन्धमा पनि त्यही कुरा लागु हुन्छ।
आत्मिक भोजनः नहेम्याह ८–१०, मर्कूस १३:२४–३७, भजन ७८:५६–६४, हितोपदेश २४:५–९
Discussion about this post