
काठमाडौं, भाद्र २४, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन भाद्र २२ र २३ गतेका दिन बेथशालोम चर्च पुतलीसडकमा सम्पन्न भएको छ। दुइदिनसम्म चलेको महाधिवेशनले नयाँ समिति गठन गरेको छ। नयाँ सतिमितिमा सि.बि. गहतराज अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
महाधिवेशनले दुईवर्षीय कार्यकालका लागि प्रादेशिक संरचनासहितको १५१ केन्द्रीय समिति चयन गरेको र केहि व्यक्ति मनोनयन गर्न बाँकि रहेको कुरा अध्यक्ष गहतराजले बताउनुभएको छ। महाधिवेशनले ३७ जनाको सर्वोच्च केन्द्रिय समिति गठन गरेको छ।
नवनिर्वाचित अध्यक्ष सि.वि. गहतराजले ख्रीष्टियन समुदायको वर्तमान जटिल परिस्थितिलाई ध्यानमा राखेर महासंघले कार्य गर्ने कुरा बताउनुभएको छ। नेपाल सरकारले धर्म निरपेक्षताको सुनिश्चितता, ख्रीष्टियन समुदायलाई समाधिस्थल व्यवस्था, नेपालनको संविधान २०७२ मा व्यवस्था भएको धर्मनिरपेक्षताको सङकुचित परिभाषालाई संशोधन मार्फत् तत्काल सुधार गरी धर्मनिरपेक्षता सम्बन्धी“स्पष्टीकरण”लाई पूर्ण रुपमा खारेज गरियोस् भन्ने छ। क्रिसमस बिदालाई सार्वाजनिक बिदा बनाइनुपर्ने साथै बालगृहमा छापा मार्ने धरकपड गर्न तत्काल बन्द गर्न माग गरेको कुरा पनि महासंघको १५ बुँदे मागमा उल्लेख गरिएको छ।
नेपालको ख्रीष्टियन जगतमा पहिलोपटक पास्टरको जिम्मा नसम्हालेका व्यक्तिलाई केहि चर्चका पास्टर अगुवाहरूको समूहले ख्रीष्टियानहरूको सवालमा राष्ट्रिय स्तरको कार्य गर्नको निम्ति योग्य ठानेर अध्यक्षको जिम्मा दिएको छ। नेपालको राजनीतिक अस्थिरता र धार्मिक क्षेत्रमा प्रवेश गरेको राजनीतिले ख्रीष्टियानरूलाई धार्मिक रुपमा आफ्नो विश्वासमा अभ्यास गर्न बन्देज गराउन खोजिएको अवस्थामा अहिलेका नवनिर्वाचित अध्यक्ष सि बि गहतराजले यसलाई चुनौतिकासाथ पहल गर्न सक्ने आशा राखेरै समर्थन गरेको बुझिन्छ। उक्त विषयलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गराउन सकिएमा नेपालको ख्रीष्टियन जगतमा नयाँ इतिहास कोरिनेछ। नत्र भने पद मोहको लालसासँग नाम जोडिने निश्चित छ। महासंघ ख्रीष्टियान विश्वास र सारमा जस्तो सुकै चुनौति आएतापनि निर्धक्कसाथ अगाडि बढ्ने छ भन्ने आशा छ। नवनिर्वाचित अध्यक्ष सि बि गहतराज र १५१ सदस्यीय समितिलाई बधाई र सफलताको शुभकामाना छ। नयाँ कार्यसमितिको दुई वर्षको समय अवधि नेपालको राजनैतिक धारभन्दा पृथक र आशिषमय बन्न सकोस्।
Discussion about this post