आइतवार, सेप्टेम्बर ११, भदौ २६
‘हाम्रा बुबाका दाज्यू–भाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्।’ —गन्ती २७:४
तपाईंले चाहनुभएको कुरा कसरी पाउने भन्ने बारेमा सलोफादका पाँच जना छोरीहरू ठूला उदाहरण हुन्। इस्राएलीहरू प्रतिज्ञाको भूमिमा प्रवेश गर्नैलागेका थिए। इस्राएलका कुलहरूका माझमा भूमि बाँडफाँडका लागि सबै बन्दोबस्त मिलाइसकिएको थियो। तर व्यवस्थाअनुसार पुरुषले मात्र भूमि उत्तराधिकारमा प्राप्त गर्न सक्थे। यी पाँच जना स्त्रीहरूले यस्तो व्यवस्था न्यायसङ्गत छैन भन्ने ठाने किनकि यसले उनीहरूलाई आफ्ना मृत बाबुको सम्पत्ति उत्तराधिकारमा प्राप्त गर्नबाट वञ्चित गर्दथ्यो। यसकारण यो मामिलालाई मोशाकहाँ लगेर उनीहरूले यो व्यवस्थालाई चुनौती दिए। ‘हाम्रा बाबु उजाड–स्थानमा मरे … तिनका छोराहरू पनि थिएनन् … हाम्रा बाबुका दाज्यू–भाइहरूमा हामीलाई पनि सम्पत्ति दिनुहोस्’ (पद ३–४)। परमेश्वरले व्यवस्था दिनुभएको हुनाले, उहाँले मात्रै यसलाई बदल्न सक्नुहुन्थ्यो। यसकारण मोशाले यो मामिला परमप्रभुकहाँ लगे, र उहाँले यसो भन्नुभयो, ‘सलोफादका छोरीहरूले उठाएको कुरा ठिकै हो …तैँले तिनीहरूलाई … उत्तराधिकार दिनु’ (पद ७)। ती साहसी स्त्रीहरूले त्यो मुद्दालाई आफ्नै हातमा लिए। उनीहरूका जीवनमा उनीहरूका पक्षमा बोलिदिने कुनै पुरुष थिएन— पति, दाज्यूभाइ, वा छोराहरू कोही पनि थिएनन्। हो, उनीहरूका बाबुका दाज्यू–भाइहरू त थिए , तर तिनीहरूले उनीहरूले निवेदन गरेको विषयमा सहायता गर्ने सम्भावना कमै थियो, किनभने उनीहरूले जमिन मागिरहेका थिए, अनि विद्यमान योजनाअनुसार त्यो जमिन तिनीहरूको भागमा पर्नेवाला थियो। यो कथाबाट हामीले सिक्ने कुरा यी हुन्ः १) कुनै कुरा अनुचित र अन्यायपूर्ण छ भने, त्यसलाई चुनौती दिन र परिवर्तन गर्न परमेश्वरले तपाईंलाई बोलाइरहनुभएको हुनसक्छ। २) पर्खिबस्नेले सबैथोक पाउँदैन, तर तिनीहरूले मात्र जो जान र तिनलाई प्राप्त गर्न तयार छन्। ३) मानिसले ढोका बन्द गर्नसक्छ, तर जब तपाईं परमेश्वरतर्फ फर्कनुहुन्छ, उहाँले तपाईंको लागि त्यो ढोका खोलिदिन सक्नुहुन्छ।
आत्मिक भोजनः आत्मिक आँखा खोलिएको २ राजा ६:८–२०, एफिसी १:१५–२३,





















Discussion about this post