शनिवार, सेप्टेम्बर १०, भदौ २५
‘शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।’ —रोमी ८:२६
सुस्केरा हाल्ने कामलाई हामी सामान्यतया नकारात्मक रूपमा सोच्छौं तर प्रार्थनामा सुस्केरा हाल्नु हामीले गर्नसक्ने सबैभन्दा सकारात्मक कार्यहरूमध्ये एक होः ‘पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ। र मानिसहरूका हृदयका खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ। हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ’ (पद २६–२८)। कहिले कहीँ कुनै विशेष खाँचोको बारेमा प्रार्थना गरिरहँदा, हामीले यसलाई यति गहिरो रूपमा महसुस गर्छौं कि हामीले शब्दमा आफ्ना कुरा व्यक्त गर्न सक्दैनौं। त्यस्तो बिन्दुमा पवित्र आत्मा सहभागी बन्नुहुन्छ र हामीलाई साथ दिनुहुन्छ। तर उहाँले हाम्रो निम्ति महसुस गर्ने मात्रैभन्दा बढी गर्नुहुन्छ, उहाँले हाम्रो पीडा अनि सबैभन्दा गहिरा चाहनाहरूलाई लिएर तिनीहरूलाई परमेश्वरकहाँ वर्णन गरिदिनुहुन्छ। यो सबै कुराले प्रार्थनाको बारेमा के बताउँछ ? यही कि तपाईंका प्रार्थनाहरू जिब्रोबाट मात्र नभएर तपाईंको हृदयबाट आउँछन् भने, पवित्र आत्माले तिनीहरूसँग सम्बन्ध स्थापित गर्नुहुन्छ। कतिपय समयहरू यस्ता हुन्छन् जब तपाईंले प्रार्थनामा एउटा शब्द पनि उच्चारण गर्न सक्नुहुन्न, तथापि तपाईंले एक महत्वपूर्ण सम्बन्ध स्थापित गरिरहनुभएको हुन्छ। कुनै कुराको बारेमा तपाईं यति धेरै चिन्तित हुनुभएको छ कि तपाईं परमेश्वरको सामु आउनुहुँदा, तपाईंले सुस्केरा मात्र हाल्न सक्नुहुन्छ ? त्यसो हो भने तपाईंले प्रार्थनाको बारेमा केही महत्वपूर्ण कुरा सिकिरहनुभएको छ ! परमेश्वरले हामीलाई सुस्केरा हाल्न अनुमति दिनुहुन्छ; नत्रता हामीले कहिल्यै पनि साँचो प्रार्थना गर्नेथिएनौं। हामीले शब्दहरू त उच्चारण गर्छौं तर भित्रैबाट कहिल्यै पनि साँच्चै प्रार्थना गर्दैनौं, अनि ‘प्रभावशाली प्रार्थना’ (याकूब ५:१६) चाहिँ भित्रैबाट सुरु हुनुपर्छ ।
आत्मिक भोजनः नहेम्याह १–४, मर्कूस १३:१–११ , भजन ७८:३२–३९, हितोपदेश २३:२९–३५
Discussion about this post