7बुधवार, सेप्टेम्बर ७, भदौ २२
‘जब सर्वशक्तिमान् अझै मेरो साथमा हुनुहुन्थ्यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्थे।’ —अय्यूब २९:५
एउटा सत्य भनाइ यहाँ छः ‘सँगैसँगै प्रार्थना गर्ने परिवार सँगसँगै रहन्छ।’ अर्को एउटा सत्य भनाइ यहाँ छः ‘सँगसँगै खाना खाने र बातचित गर्ने परिवारले सबै परिस्थितिमा घुलमिल हुनसक्ने र खुसी सन्तान हुर्काउँछ।’ अमेरिकाको सिन्सिनाटीमा अवस्थित सिन्सिनाटी चिल्ड्रेन्स हस्पिटल मेडिकल सेन्टरले पाँच सय किशोरकिशोरीहरूको अध्ययन गर्दा यस्तो तथ्य पत्ता लाग्योः ‘हप्ताको पाँच पटक वा त्योभन्दा बढी उनीहरूसँग साँझको खाना खाने आमाबुबा भएका बालबालिकाहरू लागु पदार्थ लिने, निराशा जस्तो मानसिक रोगका सिकार बन्ने, वा कानुन तोड्ने जस्ता समस्यामा फस्ने सम्भावना धेरै कम थियो। साथै उनीहरू विद्यालयमा पनि राम्रो गर्ने र सहयोगी साथीभाइको समूहमा रहने सम्भावना पनि बढी थियो। फास्टफुड रेस्टुराँ आदिमा बाहिरै भएपनि खाना खान परिवार सँगै भेलाहुँदा पनि उस्तै नतिजा निस्कियो। यसको विपरित, घुलमिल हुन गाह्रो मान्ने कशिोरकिशोरीहरूले हप्ताको तीन वा त्योभन्दा कम पटक मात्र आफ्ना आमाबुबासँगै खाना खान्थे।
यी खोजहरूको अर्थ के हो ?
१) तपाईंले आफ्ना छोराछोरीसँग दिनहुँ संलग्न हुनुपर्छ, विशेष्गरी उनीहरू निर्माण भइरहेका निर्णायक वर्षहरूमा।
२) आफ्ना छोराछोरीलाई चिजबिजहरू दिनुहुँदा तपाईंले उनीहरूलाई छोटो समयको लागि आनन्द र उत्साह दिनुहुन्छ, तर समय दिनुहुँदा तपाईंले उनीहरूलाई आत्मसम्मान दिनुहुन्छ।’ यसका लागि कामको समय घटाउनु पर्ने वा कुनै गतिविधिलाई हटाउनु पर्ने हुनसक्छ, तर यो तपाईंले कहिल्यै पछुतो मान्नु नपर्ने लगानी हो। अय्यूब आफ्नो समयका सबैभन्दा धनी मानिसहरूमध्ये एक थिए। तर संकष्टमा परेपछि र उनका सबै दशै जना छोराछोरीहरू एकै दिनमा मरेपछि, उनले पहिलेका दिनहरू सम्झेर यस्तो लेखे, ‘जब सर्वशक्तिमान् अझै मेरो साथमा हुनुहुन्थ्यो, अनि मेरा छोराछोरीहरू मेरा चारैतिर खड़ा भइरहन्थे।’ तपाईंले आफैँलाई प्रश्न गर्नु खाँचो छः ‘के मैले आफ्नो परिवारसँग पर्याप्त समय बिताइरहेकोछु ?’ यदि छैन भने, परिस्थितिहरू परिवर्तन गर्न सुरु गर्नुहोस्।
आत्मिक भोजनः यहोशू २२–२४, मर्कूस १२:१–१२, भजन ७८:१–८, हितोपदेश २३:१९–२१





















Discussion about this post