• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, August 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जब तपाईंले यसको आशा गर्नुभएकोहुँदैन (२)

by Sarju Rijal
September 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_मंगलवार, सेप्टेम्बर ६, भदौ २१
‘(शैतानका) युक्तिहरूका विषयमा हामी अजान छैनौं।’ —२ कोरिन्थी २:११

आत्मिक विजयको क्षणमा तपाईंको सुरक्षा व्यवस्थालाई हेलचेक्र्याइँ गर्ने परीक्षा आउँछ, तर यस्तै समयमा तपाईं शैतानको आक्रमणप्रति सबैभन्दा कमजोर हुनुहुन्छ। तपाईं ‘शैतानका युक्तिहरूका विषयमा अजान’ बन्न सक्नुहुन्न। येशू पनि यसबाट मुक्त हुनुहुन्नथ्यो। अलौकिक शक्ति प्रदर्शन गर्दै, उहाँले पाँच रोटी र दुई वटा माछाले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो। त्यस्तो आश्चर्यकर्म गरेपछि, हामीमध्ये धेरै जसोले केही समय विश्राम लिने र आराम गर्ने निर्णय गथ्र्यौंहोला। तर सफलता पाएपछि यसकै बारेमा विचार गर्दै मख्ख पर्नुको सट्टा, येशू ‘डाँड़ामा प्रार्थना गर्न जानुभयो’ (मर्कूस ६:४६)।
त्यस बेला यो कुरा स्पष्ट भएको थिएन, तर उहाँले आफ्नो सेवकाइका सबैभन्दा भयंकर आँधीहरूमध्ये एउटाको समना गर्नुपर्ने थियो (हेर्नुहोस् मर्कूस ६:४८)।
ख्रीष्टियन लेखक हेनरी ब्ल्याकबीले टिप्पणी गरेकाछन्ः
‘चेलाहरू बिनातयारी नै आँधीमा गए, तर … येशूले तयारी गरेर मात्र आँधीमा पस्नुभयो अनि परमेश्वरको सारा शक्तिका साथ संकटको सामना गर्नुभयो … तपाईंका सफलताका क्षणमा होसियार रहनुहोस् … जब तपाईं सर्वशक्तिमान् परमेश्वरको अनुभव गर्नुहुन्छ … तब प्रार्थनमा जानुहोस् अनि आउने कुराको सामना गर्न पिताले तपाईंलाई तयार पार्न सक्नुहुनेछ।’ समय बदलिएको छ, तर मानव चरित्र बदलिएको छैन। हामी अझै पनि पुरानै र चिरपरिचति व्यक्तिहरू हौँ— अनि शैतानलाई यो कुरा थाहा छ। यसैकारण त त्यो ‘कसलाई भेट्टाऊँ र खाइहालूँ भनी गर्जने सिंहझैँ खोजिहिँड्छ ’ (१ पत्रुस ५:८)।
त्यसले अवसर नपाओस् भनेर रोक्नका लागिः
१) ‘दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्ने छ’ (याकूब ४:७); २) धर्मी मित्रहरूको वरिपरि रहनुहोस् (हेर्नुहोस् भजन १:१); ३) उहाँको वचन र प्रार्थनाद्वारा परमेश्वरसँग सम्बन्धमा रहनुहोस्। ख्रीष्टियन लेखक तथा वक्ता भर्न म्याकलेलानले भनेकाछन्, ‘बिहान प्रार्थनाले परमेश्वरका दया र आशिषहरूका सम्पत्तिको ढोका खोल्छ, अनि साँझ यसले हामीलाई उहाँको सुरक्षा र संरक्षणभित्र राख्छ।’ तपाईंले अपनाउनुपर्ने रणनीति यही हो जुन कहिल्यै असफल हुँदैन।
आत्मिक भोजनः यहोशू १९:२४–२१:४५, मर्कूस ११:२७–३३, भजन २२, हितोपदेश २३:१६–१८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In