बिहीवार, सेप्टेम्बर १, भदौ १६
‘जसले सबै कुरा आफ्नो इच्छाको योजनाअनुसार पूरा गर्नुहुन्छ ।’ —एफिसी १ः११
बाइबलले बताउँछ कि, ‘(तपाईंको) निम्ति नियुक्त गरिएको आयु … लेखिएको थियो … त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए’ (भजन १३९ः१६) । परमेश्वरले तपाईंको जीवनको निम्ति एउटा मार्गचित्र तयार पार्नुभएको छ जुन ‘उहाँको इच्छाको योजनाअनुसार’ छ। यसलाई पत्ता लगाउनु र यसको सीमाभित्र हिँड्नु तपाईंको जिम्मेवारी हो। प्रतिष्ठित पास्टर टेरी नान्सले भनेकाछन्, ‘तपाईंलाई आफ्नो अन्तिम लक्ष्य थाहा भए तापनि त्यहाँ कसरी पुग्ने भनी मार्गदर्शनको खाँचो हुनसक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, “परमेश्वरको वचन तपाईंको गोडाका निम्ति बत्ती र तपाईंको बाटोको निम्ति उज्यालो हो” (भजन ११९ः१०५)। उहाँले समग्र तस्विर देख्नुहुन्छ … छोटाछरिता बाटाहरू तथा नदेखिने खतराहरू ..।. बाहिरी मार्गदर्शन नखोज्नुहोस् … पवित्र अत्मा तपाईंभित्र बास गर्नुहुन्छ, अनि भित्रबाटै तपाईंले भित्री बाटो पत्ता लगाउनुहुनेछ।’ धर्मशास्त्रका यी खण्डहरूमा मनन् गर्नुहोस् र तिनीहरूलाई तपाईंका आफ्नै प्रार्थना बनाउनुहोस्ः
‘हामी असल कामहरूका निम्ति … सृजना गरिएका उहाँका हातका सीप हौँ। हामी तीबमोजिम हिँडौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो’ (एफिसी २ः१०)।
‘यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ’ (भजन ३७ः२३)। ‘मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन्’ (भजन १८ः३६ः) । ‘आफ्ना सारा मार्गमा उहाँलाई सम्झ, र उहाँले तिम्रा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ’ (हितोपदेश ३ः६) । ‘तिमीहरू दाहिने अथवा देब्रे लाग्दा … तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ “बाटो यही हो, यसैमा हिँड”’ (यशैया ३०ः२१) । आफ्नो जीवनको अन्त्यमा पावलले यसो भने, ‘मैले उत्तम लडाइँ लडेको छु, मैले दौड सिद्ध्याएको छु’ (२ तिमोथी ४ः७) । याद राख्नुहोस्, सही मार्गमा रहन पावलले कहिले कहीँ ‘लडाइँ’ गर्नुपथ्र्यो, तर परमेश्वरको कृपाले उनले त्यो काम पूरा गरे— अनि तपाईंले पनि गर्नुहुनेछ !
आत्मिक भोजनः यहोशू ८ः३०–१०ः४३, मर्कूस १०ः२३–३४, भजन १११, हितोपदेश २३ः४–६
Discussion about this post