शनिवार, अगस्ट २७, भदौ ११
‘हामीले के गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।’ —२ इतिहास २०:१२
उनले चाँडै आफ्ना प्रभुलाई इन्कार गर्नेछन् भनी येशूले पत्रुसलाई भन्नुहुँदा, पत्रुसले घमण्ड गरेर भने, ‘अरूले तपाईंलाई इन्कार गरे तापनि, म कहिल्यै इन्कार गर्नेछैनँ !’ तथापि केही घण्टाभित्रै उनले येशूलाई चिन्दिनँ भन्दै शपथ खाएर इन्कार गरे। हामीमध्ये कसैसँग पनि यस्तो हुन सक्छ । बाइबलले बताउँछ, ‘हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ’(याकूब १:१४) । हामी सबैमा कमजोरीका क्षेत्रहरू हुन्छन्, जसलाई चरित्र र प्रतिबद्धताद्वारा अनुशासित गरिएन भने तिनीहरूले हामीलाई पराजित गर्न वा नष्ट समेत गर्न सक्छन् । तपाईंले के गर्न सक्नुहुन्छ त ?
१) यसको पहिचान गर्नुहोस् । तपाईं परीक्षामा हार्नुअघि, प्रायः तपाईं निश्चित चरणहरू हुँदै जानुहुन्छ ।
प्रार्थना र बाइबल अध्ययनलाई वेवास्ता गरेर तपाईंले परमेश्वरप्रतिको चासो हराउनुहुन्छ, खतराप्रति सम्वेदशीनलता गुमाउनुहुन्छ, अनि आफैँलाई आगोको ज्वालातिर पुतली खिँचिएझैँ खिँचिएको पाउनुहुन्छ। त्यसपछि तपाईंले आफ्नो अनाज्ञाकारिताको औचित्य पुष्टि गर्न सुरु गर्दै यस्तो सोच्नुहुन्छ, ‘कसैले पनि थाहा पाउँदैन। यसले के नै हानी गर्छ र ?’ अनि तपाईंले विवेकको आवाजलाई जति धेरै दबाउनुहुन्छ, तपाईंका सांसारिक भोकहरू त्यति धेरै बलिया बन्छन्। त्यसपछि तपाईंले त्यस्तै कार्य गर्ने वा त्यस्ता कार्यलाई वेवास्ता गर्ने मानिसहरूको सङ्गत गर्नुहुन्छ। येशूले भन्नुभयो, ‘प्रार्थना गर … ताकि तिमीहरू परीक्षामा नपर’ (मर्कूस १४:३८)। यसकारण, परीक्षा आउनुभन्दा पहिल्यै शक्तिको लागि प्रार्थना गर्नुहोस् !
२) सहायता माग्नुहोस् । जब यहोशापातले आफू एक्लैले सम्हाल्न सक्नेभन्दा अत्यन्तै ठूलो शत्रुको सामना गर्नुपर्यो, उनले प्रार्थना गरे, ‘यो ठूलो सैन्य–दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले के गर्नुपर्ने हो, सो हामी जान्दैनौं, तर हामी आफ्ना आँखा तपाईंतिर उठाउँछौं ।’ शत्रुको सामना गर्न उनको कुनै शक्ति छैन भन्ने कुरा यहोशापातलाई थाहा थियो, अनि कहाँ सहायता माग्नु पर्ने हो भन्ने कुरा पनि उनलाई थाहा थियो। विजयको रहस्य के हो त? तपाईं आफैँमाथि कम अनि परमेश्वरमाथि बढ़ी भर पर्नुहोस् !
आत्मिक भोजनः २ इतिहास ३५–३६, २ यूहन्ना, मर्कूस ९:३०–३७, भजन ११९:१६९–१७६, हितोपदेश २२:२०–२३
Discussion about this post