शुक्रवार, अगस्ट २६, भदौ १०
‘आफ्ना पुत्रको रूपसमान बनाउनलाई’ —रोमी ८:२९
बाइबलले बताउँछ, ‘जस–जसलाई उहाँले पहिलेबाटै चिन्नुभएको छ … तिनीहरूलाई आफ्ना पुत्रको रूपसमान बनाउनलाई … अघिबटै नियुक्त गर्नुभयो।’ यो अध्यायका यसभन्दा अघिल्ला पदहरू पढ्नुभयो भने, परमेश्वरले यो काम प्रार्थनाद्वारा गर्नुहुन्छ भन्ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछ। यसले तपाईंलाई प्रार्थना गर्नका लागि प्रोत्साहित गर्छ। कैयौँ पटक हामी प्रार्थना गर्दैनौँ किनकि केही पनि भइरहेको छ भन्ने हामीलाई लाग्दैन। तर परमेश्वर साथमा हुनुभएपछि, सधैँ केही कुरा भइरहेको हुन्छ ! हामी छक्क परेर सोच्छौं ‘परमेश्वरले कहिले काम गर्नुहुन्छहोला ?’ तर हामीले यो कुरा बुझ्दैनौ कि उहाँले सधैँ काम गरिरहनुभएको हुन्छ। प्रार्थनाको सन्दर्भमा भन्नुपर्दा, उहाँले या त तपाईंले आशा गर्नुभएअनुसार उत्तर दिइरहनुभएको हुन्छ, वा तपाईंको प्रार्थनालाई उहाँको इच्छाअनुसारको बनाउनलाई पवित्र आत्माको अन्तरबिन्तीद्वारा तपाईंको हृदयलाई परिवर्तन गरिरहनुभएको हुन्छ । तपाईंले भन्नुहोला, ‘तर मैले केही पनि भइरहेको देख्दिनँ त।’ तपाईंले कुनै बिउ रोप्नु भएपछि, त्यसको भोलिपल्टै हरिया टुसा र पातहरू पलाएको आशा गर्दै हेर्न आउनुहुन्न। के त्यसको अर्थ केही पनि भइरहेको छैन भन्ने हुन्छ त ? होइन, तपाईंले नदेख्ने गरी जमिनमुनि धेरै प्रकृयाहरू घटिरहेका हुन्छन् । तपाईंले प्रमाण देख्नुभएन भन्दैमा केही पनि भइरहेको छैन भनी सोच्ने गल्ती नगर्नुहोस्। अहिल्यै फसलको समय भएको छैन । परमेश्वरले हामीलाई येशू जस्तै बनाउनुहुने एउटा तरिका भनेको चाहिँ येशूले प्रार्थना गर्नुभएजस्तै गरी प्रार्थना गर्न हामीलाई सहायता गर्नुभएर होः ‘मेरो इच्छा होइन, तपार्इंकै इच्छा पूरा होस्’ (लूका २२:४२) । यसको अर्थ हुन्छ जब तपाईंको प्रार्थना उहाँको इच्छाअनुसारको हुन्छ, तपाईंले यसलाई देख्न नसके तापनि उहाँले यसमा अघिदेखि नै काम गरिरहनुभएको छ । अनि यदि तपाईंको प्रार्थना उहाँको इच्छाअनुसारको छैन भने, उहाँले तपाईंलाई नै परिवर्तन गरेर तपाईंको अनुरोधलाई परिवर्तन गर्न काम गरिरहनुभएको छ । यदि यसले हामीलाई परमेश्वरको इच्छा उल्लंघन गर्नबाट रोक्छ भने, उत्तर नपाइएको प्रार्थना पनि उत्तर पाइएको प्रार्थना जस्तै ठूलो आशिष् हुनसक्छ । अनि परमेश्वरको इच्छा के हो त ? तपाईंलाई येशूको रूपसमान बनाउँदै लैजानु !
आत्मिक भोजनः२ इतिहास ३२–३४, मर्कूस ९:१४–२९, भजन ११९:१६१–१६८, हितोपदेश २२:१७–१९
Discussion about this post