बुधवार, अगस्ट २४, भदौ ८
‘पापलाई तिमीहरूमाथि राज्य गर्न नदेओ ।’ —रोमी ६:१२
कसैले ‘यसबारेमा म केही गर्न सक्दिनँ; म यस्तै छु भन्छ भने, उसको कुरा सही छ, तर आंशिक रूपमा मात्रै सही छ ! अनुसन्धानदाताहरूले एक–आपसमा दुरुस्तै जन्मेका एक सयभन्दा धेरै जुम्ल्याहाहरूको पहिचान गरेका छन् जो जन्मनासाथ अलग गरिएका थिए। तिनीहरूलाई विभिन्न संस्कृति, धर्म र स्थानहरूमा हुर्काइएको थियो। तिनीहरूका समानताहरू र भिन्नताहरूलाई तुलना गर्दा यो कुरा स्पष्ट भयोः तिनीहरूको व्यक्तित्वको ७० प्रतिशत जति वंशाणुगत रूपमै निर्धारित थियो। तिनीहरूको डि.एन.ए. अर्थात् आनुवंशिकताले सृजनशीलता, बुद्धि, दयालुपन, सजीवता, दीर्घायुपन, बौद्धिकता, र जीवनको आनन्द समेत् निर्धारण गरेको थियो । उनन्चालीस (३९)वर्षको उमेरसम्म छुट्टिएर रहेका यस्तै दुई दाजुभाइ ‘जुम्ल्याहा जिम का बारेमा विचार गर्नुहोस् त। दुवै जनाले लिण्डा नाम गरेका फरक–फरक स्त्री विवाह गरेका थिए, टोई नाम गरेका कुकुर पालेका थिए, माइग्रेन नामको टाउको दुख्ने रोगबाट पीडित थिए, लगातार चुरोट तान्थे, बियर मन पराउँथे, चेवी ब्राण्डका कार चलाउँथे, अनि प्रहरी अधिकृतका सहायकका रूपमा काम गर्थे। उनीहरूका व्यक्तित्व र धारणाहरू दुरुस्तै समान थिए। यस्ता कुराहरू पत्ता लागेकाछन्, यिनको अर्थ के हो ? के हामी कुनै डोरीले बाँधिएका कठपुतलीहरू हौँ, जसको कुनै स्वतन्त्र इच्छा शक्ति वा व्यक्तिगत छनोट हुँदैन र जसलाई पहिल्यै निर्धारित बाटोमा चलाइन्छ ? अहँ, त्यसो होइन।
पशुहरूभन्दा फरक, हामी विवेकशील विचार र स्वतन्त्र कार्यका लागि सक्षम छौं। उदाहरणका लागि, हाम्रा वंशाणुगत आधारहरू जेजस्ता भए तापनि हामीले हरेक यौन चाहनाअनुरूप चल्नु पर्दैन। हाम्रो वंशाणुगत स्वभावले कुनै विशेष् दिशातर्फ चल्न हामीलाई झक्झक्याउन सक्छ, तर हाम्रा आवेगहरूलाई नियन्त्रणमा ल्याउन सकिन्छ।
नयाँ जन्म यहाँनेर सान्दर्भिक हुन्छ। परमेश्वरले तपाईंलाई नयाँ स्वभाव दिनुका साथै पुरानो स्वभावमाथि विजय पाउन सक्ने शक्ति पनि दिनुहुन्छ। पावलले यसलाई यसरी सम्बोधन गरेकाछन्ः ‘शरीरका अभिलाषाअनुसार चल्नु नपरोस् भनी तिमीहरूका शरीरमा पापलाई राज्य गर्न नदोओ। आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैँलाई परमेश्वरकहाँ दिइहाल’ (पद १२–१३) ।
आत्मिक भोजनः २ इतिहास २५–२८, मर्कूस ८:२७–३८,भजन ११९:१३७–१४४, हितोपदेश २२:११–१३
Discussion about this post