सोमवार, अगस्ट २२, भदौ ६
‘मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु, अनि त्यसबाट म यताउता लागेको छैनँ ।’ —अय्यूब २३:११
जीवनमा हाम्रा धेरै प्रयत्नहरू असफल हुने एउटा कारण छ— ध्यान केन्द्रित नहुनु। हाम्रो ध्यान विभिन्न कुराद्वारा भङ्ग हुन्छ। अमेरिकी दार्शनिक राल्फ वाल्डो इमर्सनले भनेकाछन्, ‘ध्यान केन्द्रित राख्नु नै राजनीतिमा, युद्धमा, व्यापारमा शक्तिशाली बन्नु को रहस्य हो; छोटकरीमा, मानवीय कारोवारका सबै कुराको व्यवस्थापनमा।’ तपाईंले आफ्नो ध्यान कहाँ केन्द्रित गर्नुपर्छ त ? तपाईंको निर्धारित लक्षमा ! तपाईंले गल्ती गर्नुहुँदा, त्यही गल्तीकै पछि नलाग्नुहोस्। त्यसलाई बचाउने प्रयास नगर्नुहोस्। त्यसको पछि रूपैयाँपैसा खेर नफाल्नुहोस्। गल्ती गर्नुभयो भने त्यो स्वीकार गर्नुहोस्। आवश्यक परेमा, परमेश्वरबाट र तपाईंले चोट पु¥याउनुभएको व्यक्तिबाट क्षमा खोज्नुहोस्। अनि सम्भव भएमा क्षतिपूर्ति दिने प्रयास गर्नुहोस्। तपाईंले यी कामहरू गर्नुभएपछि, तपाईंको लक्ष्यमा फेरि ध्यान केन्द्रित गर्नुहोस् र अघि बढ्नुहोस्। तपाईंले के गर्न चाहनुभएको हो, त्यसमा आफ्नो दृष्टि टिकाइरहनुहोस्। अझ उत्तम भविष्य भएको व्यक्ति विगतमा केन्द्रित रहेको तपाईंले कहिल्यै पाउनुुहुने छैन। अमेरिकी राष्ट्रपति आइजेनआवरको सरकारका सचिव जोन फोस्टर डुल्सले यस्तो टिप्पणी गरेकाछन्ः ‘सफलताको मापन भनेको तपाईंसँग व्यवहार गर्नको लागि कठिन समस्या छ कि छैन भन्ने होइन, तर यो तपाईंको अघिल्लै वर्षको समस्या हो कि होइन भन्ने चाहिँ हो ।’ समाधान गरिएको समस्या भनेको भविष्यको सफलताको लागि, अझ ठूला र उत्तम कुराहरूका लागि उत्प्रेरक हो । यसको चाबी भनेको तपाईंले सिकिरहनुभएका कुरामा केन्द्रित हुनु हो, गुमाइरहनुभएका कुरामा होइन । त्यसो गर्नुभयो भने तपाईंले भविष्यका सम्भावनाहरूका लागि ढोका खोल्नुहुन्छ । डा. नर्मन भिन्सेन्ट पिलले भनेकाछन्, ‘सकारात्मक सोच भनेको तपाईंले कुनै समस्याको बारेमा कसरी विचार गर्नुहुन्छ भन्ने हो । उत्साह भनेको तपाईंले कुनै समस्याको बारेमा कस्तो महसुस गर्नुहुन्छ भन्ने हो । ती दुवै मिलेर तपाईं कुनै समस्याको बारेमा के गर्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छन् ।’ अनि अन्त्यमा, महत्वपूर्ण कुरा त्यही हो ।
आत्मिक भोजनः २ इतिहास १९–२१, मर्कूस ८:१–१३, भजन ११९:१२१–१२८, हितोपदेश २२:४–७
Discussion about this post