आइतवार, अगस्ट २१, भदौ ५
‘उहाँले मलाई आफ्नो हातको छहारीमुनि लुकाउनुभयो छ ।’ —यशैया ४९:२
कुनै रूपमा परमेश्वरको सेवा गर्न तपाईंले बोलावट पाउनुहुँदा, तपाईंले आफूलाई अदृश्य भएको जस्तो महसुस गर्नु सामान्य हुन्छ । यशैया ‘जन्मनुभन्दा अघि’ (पद १) नै परमेश्वरले उनलाई बोलाउनुभएको थियो । तर परमेश्वरले उनको सेवकाइलाई सिद्ध तुल्याउनुहुँदा, उनले केही समय ‘छहारीमुनि लुकाइएको’ अनुभव गरे । जब कुनै दर्शन पूरा हुन धेरै लामो समय लाग्छ, अनि तपाईंले कुनै मान्यता नपाई वा परिणाम नदेखी बलिदान गर्नुभएको छ र काम गर्नुभएको छ भने, तपाईंले आफ्नो जीवन खेर फालिरहनुभएको छ भन्ने अनुभव गर्नु सजिलो हुन्छ । यशैया पनि हामी जस्तै मानिस थिए । उनले हरेश खाए र भने, ‘मैले केही अभिप्राय नराखी परिश्रम गरेँ’ (पद ४) । तर तपाईंले त्यस्तो महसुस गर्नुभयो भन्दैमा त्यो सत्य हो भन्ने हुँदैन । ‘उहाँलाई यत्नपूर्वक खोज्नेहरूलाई परमेश्वरले इनाम दिनुहुन्छ’ (हिब्रू ११:६), अनि तपाईं यसको अपवाद हुनुहुन्न । आफ्नो सार्वजनिक सेवकाइ सुरु गर्न येशूलाई तीस वर्ष लाग्यो । मोशा, दाऊद, बप्तिस्मा दिने यूहन्ना, र पावल सार्वजनिक रूपमा अगाडि आउनुअघि उनीहरू सबैले वर्षौंसम्म गुमनाम रहनुप¥यो । परमेश्वरको राज्यमा रातारात तहल्का वा अचानकको सफलता भन्ने जस्तो कुनै कुरा हुँदैन । बेथ जोन नामकी ख्रीष्टियन लेखिका भन्छिन्ः ‘परमेश्वरबाट प्रयोग गरिन चाहने कसैले पनि मरुभूमिको पल्लो छेउमा गुमनाम वर्षहरू अनुभव गर्नेछ । त्यो अवधीमा परमेश्वरले हामीलाई काँटछाँट गर्नुहुन्छ, धारिलो बनाउनु हुन्छ र उहाँको धनुमा उपयुक्त हुनको लागि हामीलाई तयार पार्नुहुन्छ, ताकि उचित समयमा “तिखारिएको तीर” जस्तै उहाँले हामीलाई फलवन्त सेवामा पठाउन सक्नुभएको होस्। ती अदृश्य वर्षहरू भनेका सेवा र अध्ययनका अनि अर्को व्यक्तिको सेवाकाइमा विश्वासयोग्य रहेका र पर्दापछाडि रहेर काम गरेका वर्षहरू हुन्।’ बाइबलले बताउँछ, ‘परमेश्वर अन्यायी हुनुहुन्न; उहाँले तिमीहरूको काम भुल्नुहुन्न’ (हिब्रू ६:१०)। धीरजी हुनुहोस्; उचित समय आएपछि तपाईंभित्र राखिदिनुभएको फललाई उहाँले फलवन्त तुल्याउनुहुनेछ।
आत्मिक भोजनः परमेश्वरको वचन यहोशू १: ७–८, २ तिमोथी ३: १४–१७, भजन ११९:१–१६,
Discussion about this post