शनिवार, अगस्ट २०, भदौ ४
‘आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ ।’ —रोमी १२:२
तपाईंले हरेक दिन गर्नसक्नुहुने सबैभन्दा महत्वपूर्ण कुरा भनेको परमेश्वरको वचनद्वारा आफ्नो मनलाई नविकरण गर्नु नै हो। तपाईंले यो काम सही तरिकाले गर्नुभएपछि, बाँकी सबै थोक ठीक हुन सुरु गर्नेछ। तपाईंले फरक तरिकाले सोच्न र काम गर्न सुरु गर्नुहुनेछ, यसकारण तपाईंले फरक परिणाम पाउनुहुनेछ । तर कतिपय मानिसहरूले आफ्नो परिस्थिति बदलिएपछि पनि पुरानै तरिकाले व्यवहार गर्छन्। नयाँ ठाउँ र वातावरणमा गए तापनि तिनीहरूले आफ्नो पहिलेकै जीवन शैली अपनाउन चाहन्छन्। तिनीहरूको वासस्थान बदलिएको हुन्छ, तर तिनीहरूको मानसिकता वा सोचविचार गर्ने शैली भने बदलिएको हुँदैन। मानव जातिमा यो स्वभाव प्रचीन समयदेखि अहिलेसम्म कायम रहेको पाइन्छ। इस्राएलीहरूको सन्दर्भमा पनि यस्तै कुरा लागु भएको पाइन्छ। तिनीहरूसँग दास मानसिकता थियो। तिनीहरू स्वतन्त्र भएका थिए अनि परमेश्वरले तिनीहरूका हरेक खाँचो पूरा गरिदिनुभएको थियो, तापनि कुनै समस्या आउनासाथ तिनीहरू मिश्रमा फर्केर जान चाहन्थे। तिनीहरू भविष्यमा प्रवेश गर्न सकेनन् किनकि तिनीहरूले अझै पनि विगतका कुराहरू बोकिरहेका थिए ! ध्यानपूर्वक यी शब्दहरू पढ्नुहोस्ः ‘यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होसियार रहौँ र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्’ (हिब्रू ४:१) । तपाईंले सोध्नुहोला, ‘तर परमेश्वरका प्रतिज्ञाहरू पक्का हुँदैनन् र ? हो, यदि तपाईंले उहाँले भन्नुभए जस्तै गर्नुभयो भने ! परमेश्वरले तपाईंलाई आर्थिक रूपमा आशिष दिने प्रतिज्ञा गर्नुभएको छ— यदि तपाईंले दशांश दिनु भयो र उदारतापूर्वक छर्नुभयो भने । उहाँले तपाईंलाई मार्गदर्शन गर्ने प्रतिज्ञा गर्नुभएको छ— यदि तपाईंले आफ्ना सारा मार्ग उहाँलाई सुम्पनुभयो भने । उहाँले तपाईंलाई क्षमा गर्ने प्रतिज्ञा गर्नुभएको छ— यदि तपाईंले अरूलाई क्षमा गर्नुभयो भने । तपाईंले निरन्तर आफ्नो मनलाई नयाँ तुल्याएर मात्र ‘परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा’ जाँच्न सक्नुहुन्छ ! यसकारण, तपाईंको निम्ति आजको वचन छः परमेश्वरको वचनद्वारा आफ्नो मनलाई नविकरण गर्नुहोस् ।
आत्मिक भोजनः २ इतिहास १६–१८, मर्कूस ७:२४–३७, भजन ११९:११३–१२०, हितोपदेश २२:१–३
Discussion about this post