शुक्रवार, अगस्ट १९, भदौ ३
‘म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु…तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् ।’ —यूहन्ना १४:२७
येशूले दिनुहुने शान्तिले यस्तो प्रकारको निश्चयता ल्याउँछ कि जेसुकै भए तापनि ‘मेरो प्राणलाई कुशल छ’ भन्ने कुरा तपाईंलाई थाहा हुन्छ । उहाँले हामीलाई यसो भन्नुहुन्छः ‘म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु…तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस् ।’ येशूले दिनुहुने शान्ति शर्त र परिस्थितिहरूमा भर पर्दैन । यो त तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ अनि तपाईंका पिताले यो ब्रह्माण्डमाथि नियन्त्रण राख्नुहुन्छ, तपाईंलाई प्रेम गर्नुहुन्छ र सधैँ तपाईंको उत्तम हित चाहनुहुन्छ भन्ने कुरा बुझेपछि आउँछ । यसैकारण त सबै थोक गुमाएका मानिसहरूले प्रायः तपाईंलाई बताउनेछन् कि उनीहरूले सिकेका कुरा कुनै पनि कुरासँग साट्ने छैनन्, चाहे यसमा उनीहरूले गुमाएका कुरा फेरि पाउने अवसर नै किन नहोस् । किशोर अवस्थामै दुर्घटनामा परेर पक्षघात भई ह्विल चेयरमा सीमित भएपछि जोनी एरिक्सन टाडाले एक अलौकिक शान्ति पत्ता लगाइन् । त्यसैगरी दोस्रो विश्व युद्धताका नात्सीहरूले सातवट गरेका हल्याण्डवासी यहूदीहरूलाई लुक्न सहायता गरेको कारण बन्दी बनाइएकी एक जना डच ख्रीष्टियन कोरी टेन बुमले चाहिँ नात्सीहरूले बन्दीहरूको हत्या गर्ने ठाउँमा यो पत्ता लगाइन् । मिसनरी एलिजाबेथ एलियटले आफ्ना पतिको हत्या गर्ने इण्डियन आदिवासी मानिसहरूको सेवा गर्ने क्रममा यस्तो शान्ति पत्ता लगाइन् । तिनले लेखेकिछिन्, ‘स्वीकारमा मात्र शान्ति पाइन्छ … हार मान्नुमा होइन ।’ यी दुईका बिचमा ठूलो भिन्नता छ ! लेखक क्रिएथ डेविसले औँल्याएकाछन्ः ‘हार मान्नु भनेको भाग्यको सामु आत्मसमर्पण गर्नु हो । स्वीकार चाहिँ परमेश्वरको सामु समर्पण गर्नु हो । हार एक रित्तो ब्रह्माण्डमा चुपचाप सुत्छ । स्वीकार बह्माण्डलाई उद्देश्य र लक्ष्यले भर्नुहुने परमेश्वरलाई भेट्न उठ्छ । हारले भन्छ, “म सक्दिनँ ।” स्वीकारले भन्छ, “परमेश्वरले सक्नुहुन्छ ।” हारले भन्छ, “मेरो निम्ति सबै सिद्धियो ।” स्वीकारले भन्छ, “म यहाँ छु, प्रभु अब के ?” हारले भन्छ, “कस्तो बर्बादी ।” स्वीकारले भन्छ, “प्रभु तपाईंले कुन तरिकाले यो अस्तव्यस्ततालाई प्रयोग गर्नुहुनेछ ?” हारले भन्छ, “म एकलै छु ।” स्वीकारले भन्छ, “प्रभु, म तपाईंकै हुँ
।”’ आम्कि भोजनः २ इतिहास १२–१५, मर्कूस ७:१४–२३,भजन ११९:१०५–११२, हितोपदेश २१:२८–२१
Discussion about this post