मंगलवार, अगस्ट १६, साउन ३२
‘तिमीहरू किन यसरी भयभीत हुन्छौ ?’ —मर्कूस ४:४०
गालील समुद्रको आँधीप्रति चेलाहरूले कसरी प्रतिकृया जनाए ध्यान दिनुहोस्, अनि तपाईंमा पनि तीमध्ये कुनै गुणहरू छन् कि विचार गर्नुहोस्ः
१) डरले हामीलाई परमेश्वरले गर्नुहुने वास्ताप्रति शङ्का गर्नलगाउँछ । चेलाहरूले येशूलाई सोधे, ‘हामी नष्टै हुन लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन ?’
(पद ३८) । उनीहरूले उहाँको सामथ्र्यको बारेमा सोधेनन्ः ‘तपाईंले आँधीलाई शान्त पार्न सक्नुहुन्छ ?’ वा उहाँको ज्ञानको बारेमा प्रश्न गरेनन्ः ‘आँधीको बारेमा तपाईंलाई थाहा छ ?’ वा उहाँको दक्षताको बारेमा प्रश्न गरेनन्ः ‘आँधीको बारेमा तपाईंसँग कुनै अनुभव छ ?’
त्यसको सट्टा उनीहरूले उहाँको चरित्रको बारेमा शङ्का गरेः ‘तपाईंलाई वास्ता छैन ?’
तपाईंले यसलाई अनुमति दिनुभयो भने, डरले परमेश्वरमाथि तपाईंको भरोसालाई नष्ट गर्दैलानेछ र तपाईंलाई उहाँको विश्वासयोग्यता बिर्सन लगाउनेछ ।
२) डरले हामीलाई नियन्त्रण प्राप्त गर्न लगाउँछ । येशू निदाइरहनुभएको थियो, यसकारण चेलाहरूले उहाँलाई उठाए र भने, ‘छिट्टै केही गरिहाल्नुहोस् !’ नियन्त्रण गुमाइयो भन्ने जस्तो देखिएपछि डर उत्पन्न हुन्छ । हामीलाई डर लागेपछि, हामी आफूले सम्हाल्न सक्ने जीवनको कुनै पक्षलाई पक्रन पुग्छौँ— जस्तै हाम्रो भोजन, वा हाम्रो जागिर, वा हाम्रो घरको सरसफाइ, वा धेरै अवस्थामा मानिसहरू । हामी जति बढी असुरक्षित महसुस गर्छौं, हामीमा त्यति बढी नियन्त्रण गर्ने प्रवृत्ति हुन्छ ।
३) डरले हामीलाई बिर्सन लगाउँछ । बाइबलले बताउँछ, ‘उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो’ (मत्ती ८:१६) । उहाँले गर्नुभएका कामको कस्तो विवरण ! तर डरले हामीलाई आत्मिक विस्मृतिमा लैजान्छ; यसले हामीलाई येशूले पहिल्यै जे गर्नुभएको छ र उहाँ हामीप्रति कति असल हुनुभएको छ भन्ने कुरा बिर्सन लगाउँछ ।
अँ, चेलाहरूलाई येशूको प्रतिकृया के थियो ?
‘तिमीहरू किन यसरी भयभीत हुन्छौ ? तिमीहरूमा विश्वास छैन ?’
विश्वासले डरलाई सम्पूर्ण रूपमा मेटाउँदैन; यसले त डरलाई चुप मात्र गराउँछ, यसको शक्ति खोस्छ, अनि हामीलाई परमेश्वरको नजिक लैजान्छ । अनि त्यसो भएपछि, परिस्थितिहरू सुधार्न थाल्दछन् ।
आत्मिक भोजनः २ इतिहास १–४, मर्कूस ६: ३०–४४, भजन ११९:८१–८८, हितोपदेश २१:१७–१९
Discussion about this post