सोमवार, अगस्ट १५, साउन ३१
‘जब हामी पवित्र आत्माद्वारा हिँड्छौं ।’ —गलाती ५:१६
यो कुरा सधैँ याद राख्नुहोस् कि तपाईं परमेश्वरसँग जतिसुकै लामो समयसम्म हिँड्नुभए तापनि, तपाईंको शारीरिक स्वभाव कहिल्यै सुध्रिदैन । लामो समयपछिसम्म पनि यो येशू जस्तै हुँदै जाँदैन । यसैकारण यसलाई दिनहुँ ‘क्रुसमा टाँग्न’ हामीलाई भनिएको छ (हेर्नुहोस् पद २४) । प्रेरित पावलले आफ्नो तुच्छ स्वभावसँग संघर्ष गर्नुपरेको थियोः
‘पाप–स्वभावका लालसा पवित्र आत्माको विरुद्धमा हुन्छन्, अनि पवित्र आत्माको इच्छा पाप–स्वभावको विरुद्धमा । तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एउटा अर्काको विरुद्धमा हुन्छन् … तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्’ (पद १७, २२–२३) ।
तपाईंले सोध्नु होला, ‘यस्तो जीवन शैली सम्भव छ त ?’ , तर यसका लागि तपाईंले यी चार वटा काम गर्नुपर्छः १) शैतानले कुनै पनि दिन विश्राम लिँदैन भन्ने कुरा याद राख्नुहोस् । त्यसले सधैँ तपाईंलाई निशानामा राख्छ, यसकारण परमेश्वरको वचन र प्रार्थनाद्वारा तपाईंले आफैँलाई सुरक्षित राख्नुपर्छ ।
२) तपाईंमा जुन पाप गर्न सक्ने प्रवृत्ति सबैभन्दा बढी छ, त्यो पहिचान गर्नुहोस् । बाइबलले भन्दछ, ‘सजिलै अल्झाउने पापलाई पन्छाऔँ’ (हिब्रू १२:१) । किन ? किनकि तपाईंको सबैभन्दा कमजोरीको क्षेत्रमा तपाईंलाई निरन्तर आक्रमण हुनेछ ।
३) तपाईंको आत्मिक इन्धनको भाँडो भरी राख्नुहोस् । ‘पाप–स्वभावमा मन लागाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो’ (रोमी ८:६) । ४) परमेश्वरको शक्तिमा हिँड्नुहोस्, आफ्नै शक्तिमा होइन । के यो युद्ध कहिल्यै अन्त्य हुन्छ ? हुँदैन, तर परमेश्वरको शक्ति साथै आज्ञा पालन गर्ने र युद्ध गरिरहने तपाईंको छनोटले जहिल्यै पनि स्पष्ट र दीर्घकालीन् विजयतर्फ डो¥याउनेछ ।
आत्मिक भोजनः १ इतिहास २६:२०–२९:३०, मर्कूस ६:१४–२९, भजन ११९:७३–८०, हितोपदेश २१:१४–१६
Discussion about this post